
११ साउन ,कोहलपुर बाँके।
बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ ।
गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले बताए ।
स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ ।ढुंगा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो ।