११ साउन ,कोहलपुर बाँके।
नेपाली कांग्रेसले पूर्वमन्त्री रहेका गोविन्दराज जोशीसहितका तीन नेतालाई पार्टीबाट निस्काशन गरेको छ ।
केन्द्रीय अनुशासन समितिका अनुसार जोशीसहित पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरिएको हो ।जोशीले गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।
पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ ।उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ ।डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ ।
अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो । उनीहरूको जवाफ चिक्तबुझ्दो नभएको भन्दै पार्टीको अनुशासन उंल्लंघन गरेकाले पार्टीबाट निस्कासन गर्ने निर्णय भएको समितिको विज्ञप्तिमा उल्लेख छ ।