एम्बुलेन्सको ठक्करबाट कोहलपुरमा एकको मृत्यु

१० साउन ,कोहलपुर बाँके।

बाँकेमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

नेपालगन्ज-कोहलपुर सडकखण्ड अन्तर्गत् कोहलपुर नगरपालिका वडा नम्बर ९ कौशल्या मेमोरियल अस्पताल नजिकै गएराति भे १ ज ३०६ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा जाजरकोटका सागर चनाराको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

सडकमा पैदल हिँडिरहेका बेला एम्बुलेन्सले ठक्कर दिएर घाइते भएका चनाराको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिएर भागेको एम्बुलेन्सलाई प्रहरीले नेपालगन्जबाट नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया