
प्रचण्ड भन्दा अर्को पार्टीमा नेतृत्व उत्तराधिकारीका रूपमा भेटन सकीयन त्यसको परिणाम विघटन नै हो हाम्रा अगाडि इतीहास छ यो कुनै मनोगत बुझाई होईन बस्तुगत नै हो। लेनीन र माओले पनी आफ्नो राजनैतिक जीवनकालमा कुसल जिम्मेवारी बहन गर्ने नेतृत्व पाएको इतीहास छैन सो कुरा आफ्नै आन्तरिक राजनैतिक जिवनमा प्रचण्डलाई पनी देखियो। ठुलो अबसरबादी
जत्थाको घेरा बन्दी भीत्र बन्दी जिबन प्रचण्डको बितीरहेको कुरा देख्न नसक्ने प्रचण्डको कार्यक्रता नै होईन। यही इतीहासकै निरनातरता नेपालमा पनी जसरी रूस र चीनमा कम्यूनिष्ट पार्टीको बीघटन भयो यो संसारकै सार्वभौम सिद्धान्त बनिसकेको रहेछ आज
अध्यनकै दौरानमा बुझियो तर प्रतिक्रान्ति रोक्नका लागि नेपाली कम्यूनिष्टहरूको कार्यदिशा छैन सारमा समग्र आन्दोलनका हीसावले विघटन उन्मुख देखियकाले एक पटक नेपाली माटोबाट सम्भव देख्ने हो भने हामीहरूले निम्न ढंगले आफुलाई प्रस्तुत गर्न सकौला त ? आबसयक हाम्रा कार्यभारहरू।।
पहीलो कुरा त मालेमावादलाई बुझ्ने र बदलिने कुरामा ठुलो दरार श्रृजना भयर आयको छ। वर्गसंघर्षको बाटो परित्याग गरी सान्तीपुर्णबाटोबाट समाजवादमा पुग्ने सम्भावना कती सत्य र मालेमावादी सम्वत। निर्वाचनमा पराजय भोग्दै जाने र दलालहरूसंग एलायनस गरेर जाने तरिका नै एक्काइसौँ सताब्दिमा नेपाली क्रान्तिको बाटो
बनाउन खोज्नु वैज्ञानिक नै छ त!! यती छिट्टै कम्यूनिष्ट आदर्श जनताबाट अलगथलग किन भयो र जनताहरूले साथ छोडनुका पछाडी जनता दोसी भयर हो। के जनताहरूलाई समानता मन परेको छैन त्यही हो त कारण ?दोश्रो कुरा जनताहरूलाई दलालहरूले किनेरै कम्यूनिष्टको हालत यो भयको हो त! दलालहरूले त
आज नेता नै किनेको कुरा कहाँ लुकेको छ र? जनता नै खरिदन सक्ने,नेतृत्वलाई प्रभाव पार्न सक्ने र देशनै किन्ने सामर्थ्यमा आज दलालनोकरसाही संयन्त्र तयार छ यो समयमा संसारलाई नै बदल्न सक्ने मालेमावाद किन हराउदै र खरिद हुदैछ। आज यी दुईकूराको जवाफ दिनसक्ने मात्र नेतृत्व हो।
भुमण्डलिकृत वित्तीय पुँजीवादले आज समग्र पक्षलाई भुमण्डलिकृत गरेर आयको छ नकी पुजिमात्र। पुजिवादले आज विचार र दृष्टिकोण,संचार र प्रविधि, विज्ञान र श्रम,यातायात र उत्पादन, वितरण र उपभोग,युद्ध र वार्ता आदी विषयहरूलाई पुरै
भुमण्डलिकृत गरे पछी हामी कम्यूनिष्टहरू भने संकिर्ण घेराबाट आफ्नै नेतृत्वको कत्लेआम गरेर आत्मरति लियर आनन्द अभुभुती गरेका छौ।यस्तो तरिका अबलम्वन गर्ने तर वैज्ञानिक समाजवादी ब्याबस्था प्राप्तीको आफुलाई हीमायती ठान्ने हामीहरू सबैले लाजमान्नै पर्छ। छोटो सारसंक्षेपमा हामी एती मात्र भन्न र गर्न सक्नु पर्छ।
नेतामा समाजपरिवर्तनको जागरण होईन जनतामा किन आयन नेतामा मात्र आयो यो खोजीका साथ जनतामा जाऔ। मालेमावादी कम्यूनिष्ट आदर्श दलालहरूसंग घुडा टेकाई होईन संघर्ष हो। सुविधा सम्पन्न नेतृत्व र पार्टीबाट समाजलाई परिवर्तन गर्न सकीदैन आफैलाई मात्र हो।
यसैले सामुहिक जिवन सैलि र अर्थनितीको विकास गरी समाजलाई आत्मनिर्भर बनाउने कार्यदिशा अप्नाई जनजिवनलाई हराभरा बनाउने आसावादी संसारतीर अगाडी बढौ।।