दाङको बबई गाउँपालिकामा पनि एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलका अनुसार हंसपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त स्वास्थ्य चौकी पनि सिल गरिएको छ । सोमबार बबई गाउँपालिकाका ८ र घोराही उपमहानगरपालिकाका १९ र शान्तिनगर गाउँपालिकाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै दाङमा सक्रिय संक्रमितको संख्या एकसय ७४ रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना स्रोत व्यक्ति कमल चन्दले बताए । उनका अनुसार सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा ८०, तुलसीपुर उपमहानगरपालिकामा ५१, शान्तिनगर गाउँपालिकामा २१, बबई गाउँपालिकामा ८, राप्ती गाउँपालिकामा ६, गढवा र राजपुर गाउँपालिकामा ३/३ , दंगीशरण गाउँपालिका र लमही नगरपालिकामा १/१ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा जम्मा संक्रमितको संख्या ९ सय १९ रहेको छ, भने डिस्चार्ज हुनेको संख्या ७ सय ४३ रहेको छ ।