बाँकेमा कोरोना मुक्त भई डिष्चार्ज हुने ३ सय ९४ पुगे

२१ साउन ,कोहलपुर बाँके।

बाँकेमा आज थप तीन जना कोरोना संक्रमित  डिष्चार्ज भएका छन् ।

यो संगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको संख्या ३ सय ९४ पुगेको छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट नेपालगन्ज १८ की २६ वर्षीया महिला र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ की ३६ वर्षीया महिला तथा नेपालगन्जको आदर्शनगर आइसोलेसनबाट राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ का २० बर्षीय पुरुष निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो।

अब आइसोलेसनमा बाँकेका ७४ जना र बहिरी जिल्लाका ४ जना गरी ७८ जना छन् । बाँकेमा हालसम्म ४ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २ जनाको मृत्युु भएको छ।

प्रतिक्रिया