दुर्घटनामा परी घाईते हुनुभएका न्यायधिश डाँगीको काठमाडौं स्थित सैनिक अस्पतालमा उपचार हुँदै |

मकवानपुर २ भदौ २०८३ मंगलवार | मकवानपुरमा दुर्घटनामा परी घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सहित ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लागिएको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेका अनुसार न्यायाधीश डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंतर्फ

पठाइएको छ।दाङ तुलसीपुर उपमहानगर-९ का ५७ वर्षीय न्यायाधीश डाँगीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीसँगै गाडीमा सवार अन्य ५ जना समेत घाइते छन्।दुर्घटनामा परी अदालतका रजिष्ट्रार तारादत्त बडु, उनका छोरा रितेन्द्र बडु, छोरी रिता बडु

र श्रीमती लक्ष्मी बडु घाइते छन्। लक्ष्मीको अवस्था भने गम्भीर छ।प्रहरीका अनुसार सो दुर्घटनामा परी चालक छुनिलाल चौधरी रजिस्ट्रार बडुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।अन्य चार जनालाई काठमाडौंको छाउनी अस्पताल लगिएको हो।मंगलबार बिहान ८ बजेतिर

काठमाडौं बाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको गाडी भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटना भएको हो। गाडी झन्डै ५० मिटर मुनी खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया