अ-सक्षम कर अधिकृत,एउटै शिर्षकमा झन्डै २ करोड राजश्व गुमायो तुलसीपुर उपमहानगरले

तुलसीपुर १५ मङ्सिर २०८२ ,नाम-पुष्पलता घर्ती,,अधिकृत सातौँ “जिम्मेवारी” उपमहानगरको राजश्व शाखा अधिकृत,,उनले कर्मचारीले नेपाल सरकार बाट पाउने सबै खाले भत्ता समेत जोड्दा प्रती महिना ६७ हजार १०० रुपैयाँ उपमहानगर कोष बाट तलब सुविधा लिन्छिन भने उनै राजश्व अधिकृत पुष्पलता घर्ती अ-सक्षम हुँदा उपमहानगरले एक वर्षमा केवल एउटा मात्रै राजश्व

संकलन गर्ने शिर्षक बाट झन्डै २ करोड रुपैयाँ गुमाएको छ | तुलसीपुर उपमहानगर ले आर्थिक वर्ष २०८१/०८२ मा जग्गा तथा घर बहाल कर बाट मात्रै १ करोड ९१ लाख ५९ हजार १५८ रुपैयाँ गुमाएको तथ्य फेला परेको छ | उपमहानगरको बिकास निर्माणलाई टेवा पुगोस भन्ने हेतुले राप्ती पहिचान डटकमले उपमहानगरको राजश्व शिर्षक हरु मध्ये मुख्य मुख्य शिर्षक हरुमा उपमहानगरले कती

राजश्व उठायो र कती उठाउन सकिन्छ भन्ने बारेमा विगत ३ वर्ष देखी अध्ययन अनुसनधान गरी रहेको छ | उपमहानगरले आ,व २०८१/०८२ मा हामीले पच्छ्याएको घर बहाल कर शिर्षक बाट २ करोड २१ लाख ४ हजार ४४२ रुपैयाँ राजश्व संकलन गरेको छ भने यही शिर्षकलाई संचारगृहका हाम्रा अनुसन्धान अधिकृत हरुले उक्त शिर्षकको राजश्व संकलन हुने फिल्डमा पुगेर

अध्ययन अनुसन्धान गर्दा उपमहानगर र राजश्व अधिकारीले चाहेमा घर बहाल कर मात्रै वार्षिक ४ करोड १२ लाख ६३ हजार ६ सय रुपैयाँ बढी राजश्व रकम उठाउन सकिने तर नउठाएको तथ्य सहितको लिखित प्रतिवेदन दिए पछी उपमहानगरले आ,व २०८१/०८२ मा मात्रै उक्त शिर्षक बाट १ करोड ९१ लाख ५९ हजार १५८ रुपैयाँ गुमाएको तथ्य फेला परेको हो | घर बहाल कर

तर्फ अनुसन्धान गर्दा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक ऐन २०८१/०८२ लाई कर उठाउन सकिने आधार मानी अनुसन्धान भएका हुन् | घर बहाल कर तर्फ उपमहानगरको आर्थिक ऐन २०८१/०८२ ले तुलसीपुर बजारका व्यापारिक शटर हरु लाई मासिक १५ हजार,१२ हजार,७ हजार ५०० सय,७ हजार,५ हजार,४ हजार५ सय,४ हजार र ३ हजार रुपैयाँ बहाल भाडा

निर्धारण गरी निर्धारित गरिएको भाडा रकमको १० प्रतिशत रकम बहाल कर असुल्ने गरी ब्यबश्था गरेको पाईयो | सो ही ऐनमा भएको ब्यबश्था र अवश्था लाई पछ्याउदै जाँदा तुलसीपुर क्षेत्रका व्यवशायिक शटर हरु गणना गरी उपमहानगरले असुल्ने घर बहाल कर को हिसाब यस्तो तथ्य फेला परेको हो | जस अनुसार उपमहानगर को आर्थिक ऐन २०८१/०८२ ले बिरेन्द्र चोक देखी

गुम्राह चोक सम्मको शटर भाडा मासिक १५ हजार रुपैयाँ निर्धारण गरी कुल भाडाको १० प्रतिशत बहाल कर असुल गर्दा बिरेन्द्र चोक देखी गुम्राह चोक सम्म पुर्व तर्फ २२२ शटर पश्चिम तर्फ २०५ शटर गरी जम्मा ४२७ शटर को एक वर्षको भाडाको कुल रकम ७ करोड ६८ लाख ६० हजार हुन् आउँछ भने त्यसको १० प्रतिशतले हुन् आउने बहाल कर रकम ७६ लाख ८६ हजार रुपैयाँ उपमहानगर ले असुल्नु पर्ने बहाल कर देखिन्छ |

त्यस्तै ख लाईन चोक देखी सुनिल स्टेशनरी सम्म पुर्व तर्फ २२ र पश्चिम २५ गरी ४७ शटरको भाडा दर उपमहानगर ले १२ हजार तोके अनुसार सो संख्याको शटरको एक वर्षको भाडा रकम कुल ६७ लाख ६८ हजार हुने र त्यसको १० प्रतिशतले हुन् आउने रकम ६ लाख ७६ हजार रुपैयाँ,त्यसै गरी ग लाईन घोराही चोक देखी मिडिया चोक सम्म पुर्व ५८ र पश्चिम तर्फ ९४ गरी जम्मा

१५२ शटरको भाडा प्रति शटर १२ हजारका दरले कुल भाडा रकम २ करोड १८ लाख ८८ हजार रुपैयाँ को १० प्रतिशत ले हुन् आउने रकम २१ लाख ८८ हजार ८०० रुपैयाँ | त्यस्तै घोराही रोड गुल्म चोक देखी बस पार्क पिपलबोट सम्म उत्तर तर्फ १८३ शटर र दक्षिण तर्फ १८९ गरी जम्मा ३७२ शटरको उपमहानगर ले तोकेको भाडा दर प्रति शटर १२ हजार का दरले कुल भाडा

रकम ५ करोड ३५ लाख ६८ हजार हुन्छ भने त्यसको १० प्रतिशतले उपमहानगरले पाउने रकम ५३ लाख ५६ हजार ८०० रुपैयाँ प्रती वर्ष उपमहानगर ले पाउनु पर्ने देखिन्छ | त्यसै गरी पूर्वमा एकान्त होटेल देखी पश्चिममा पिपलबोट सम्म उत्तर तर्फ ६२ शटर र दक्षिण ७२ शटर गरी जम्मा १३४ शटरको भाडा दर १२ हजारले कुल भाडा रकम १ करोड ९२ लाख ९६ हजार हुन्छ भने उक्त

रकमको १० प्रतिशतले हुन् आउने रकम १९ लाख २९ हजार ६०० रुपैया,,यस्तै राप्ति प्रादेशिक अस्पताल देखी तुलसी बोर्डिंग चोक सम्म पुर्व ५५ र पश्चिम ४५ गरी जम्मा १०० शटरको भाडा दर ६ हजार प्रती महिनाका दरले एक वर्षको कुल भाडा ७२ लाख रुपैयाँ हुन्छ भने उक्त रकमको १० प्रतिशतका दरले उपमहानगरले पाउने रकम ७ लाख २० हजार रुपैयाँ , त्यस्तै

तुलसीबोर्डिंग चोक देखी बाहिनी पर्खाल सम्म पुर्व तर्फ ५४ र पश्चिम तर्फ ८१ गरी जम्मा १३५ शटरको भाडा दर ७ हजारले कुल एक वर्षको भाडा १ करोड १३ लाख ४० हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम ११ लाख ३४ हजार रुपैयाँ, त्यसै गरी सुनिल स्टेशनरी देखी बाहिनी चोक सम्म पुर्व ५५ र पश्चिम ५७ गरी जम्मा ११२ शटरको प्रती महिना ७ हजारका दरले एक वर्षको

कुल भाडा ९४ लाख ८ हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम ६ लाख ७२ हजार रुपैयाँ ,त्यस्तै घोराही तुलसीपुर हाईवे बिजौरी उ वा संघ मा आवद्द व्यवशायिक शटर संख्या ३०७ को उपमहानागराले तोकेको भाडा दर ६ हजारको एक वर्षको कुल भाडा रकम २ करोड २१ लाख ४ हजार रुपैयाँ को १० प्रतिशत ले हुन् आउने रकम २२ लाख १० हजार ४०० रुपैयाँ वार्षिक

असुल्न सक्ने भए पनी नअसुलेको पाईएको छ | यसै गरी घ लाईनमा पुर्व पश्चिम गरी १३६ शटर बस पार्क देखी भ्याली पेट्रोल पम्प सम्म १८४ शटर गरी ३२० शटरको मासिक ५ हजारका दरले एक वर्षको कुल भाडा रकम १ करोड ९२ लाख रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम १९ लाख २० हजार रुपैयाँ ,यस्तै बसपार्क न्यु रोडमा होटेल बाहेक व्यवशायिक शटर संख्या २७ र

प्रती शटर ५ हजारका दरले एक वर्षको कुल भाडा रकम १६ लाख २० हजारको १० प्रतिशतले हुन् आउने रकम १ लाख ६२ हजार रुपैयाँ, त्यसै गरी पातु खोला पुल वारी पट्टी ५७ शटर रहेको र भाडा दर ३ ह्जार मासिकका दरले कुल भाडा २० लाख ५२ हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम २ लाख ५ हजार २ सय रुपैयाँ,यस्तै गरी पिपलबोट देखी आलु मण्डी हुँदै

रानिजरुवा साईडमा २१७ शटरको मासिक भाडा दर ३ हजार ले एक वर्षको कुल भाडा ७८ लाख १२ हजार रुपैयाँको १० प्रतिशतले हुन् आउने रकम ७ लाख ८१ हजार २ सय रुपैयाँ, त्यसै गरी तुलसीपुर उपमहानगर भित्र संचालित ठुला साना होटेल संख्या ६९८ को मिनिमम भाडा एक होटेलको १० हजार मासिक दरले एक वर्षको कुल भाडा रकम८ करोड ३७ लाख ६० हजार

रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम ८३ लाख ७६ हजार रुपैयाँ, यस्तै तुलसीपुर क्षेत्रमा संचालित बैंक संख्या २४ रहेको छ भने ती बैंक हरुले २ लाख सम्म मासिक भाडा तिरी रहेको भए पनी प्रति बैंक ३० हजार मासिक भाडाले एक वर्षको कुल भाडा रकम ८४ लाख ४० हजार हुन्छ भने सो रकमको १० प्रतिशत ले हुन् आउने बहाल कर रकम ८ लाख ६४ हजार रुपैयाँ,यस्तै

पुरानो बस पार्क देखी उ वा संघ सम्म ९२ शटरको मासिक भाडा दर ४ हजारका दरले एक वर्षको कुल भाडा रकम ४४ लाख १६ हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम ४ लाख ४१ हजार ६ सय रुपैयाँ वार्षिक बहाल कर गुमी रहेको पाईएको छ|

घर घर सम्म पुग्नै सकेन तुलसीपुर उपमहानगरको घर बहाल कर

उपमहानगरको वडा नम्बर ५ मा घर धुरी संख्या ३ हजार ६ सय ८ रहेको छ भने प्राय घर ३ तले देखी ४ तले सम्मका छन् ती घर हरुमा ४ देखी १२ वटा सम्म कोठा रहेकामा हामीले सर्वेक्षण गर्दा न्युनतम रुपमा ५ नम्बर वडाका सबै घर हरुका माथिला तला हरुको २ हजार कोठा भाडामा गएको देखिन्छ भने ती कोठा हरुको वास्तविक घर भाडा घर धनी हरुले प्रती महिना प्रती कोठा

५ हजार भन्दा माथी बुझि रहेका छन त्यसलाई न्युनतम भाडा मासिक १५ सय रुपैयाँका दरले घर बहाल कर उठाएमा एक वर्ष को ३६ लाख रुपैयाँ उपमहानगरको खातामा रकम जम्मा गर्न सकिने भए पनी हाल सम्म माथिलो तलाको भाडाको बहाल कर एक रुपैयाँ पनी न उठाएको कुरा राजश्व अधिकारी पुष्पलता घर्तीले स्वीकारेकी छिन् |त्यसै गरी वडा नम्बर ६ मा ६

हजार ७३ घर धुरी रहेकोमा त्यो वडाका अधिकांस घर हरुमा राप्ती बबई क्याम्पस र मा बि उ मा बि संचालन भएका संस्थागत बिद्यालय हरुमा अध्ययनरत अन्तर जिल्लाका बिद्यार्थी हरुले कम्तिमा १ हजार कोठा भाडामा लिएर बसेको भए पनी घर बहाल कर हाल सम्म ती घर सम्म नपुगेको पाईएको छ भने जस बाट उपमहानगरले वार्षिक झन्डै १८ लाख रुपैयाँ गुमाई रहेको छ |

त्यस्तै वडा नम्बर ९ मा ३७७३ घर धुरी छ जसमा कम्तिमा पनी ३ सय कोठा भाडामा लगाई रहेको पाइएको छ भने प्रति कोठा ३ हजारका दरले भाडा असुली रहेको पनी पाईएको छ भने १ हजारका दरले भाडा निर्धारण गरी ३ सय कोठा को एक वर्षको भाडा ३६ लाख हुन्छ भने त्यसको १० प्रतिशतले हुन् आउने रकम ३ लाख ६० हजार रुपैयाँ उपमहानगरले गुमाई रहेको छ | यसै

गरी वडा नम्बर ८ मा २२ सय ८ घर धुरी रहेकोमा त्यस वडामा कम्तिमा १५० संख्याको कोठा भाडामा लगाएको हाम्रो सर्वेक्षण ले फेला पारेको छ भने मासिक १ हजारका दरले भाडा निर्धारण गरी १५० कोठाको वार्षिक भाडा रकम १८ लाखको १० प्रतिशतले हुन् आउने रकम १ लाख ८० हजार रुपैयाँ पनी उपमहानगरले गुमाई रहेको पाईएको छ | उपमहानगरको राजश्व शाखाले

उठाउन सक्ने घर बहाल कर शिर्षकका राजश्व रकम जोड्दा ४ करोड १२ लाख ६३ हजार ६०० रुपैयाँ सजिलै उठाउन सकिने भए पनी उपमहानगर कार्यालय र कार्यालयका कर अधिकृत घर्तीको ध्यान त्यता तर्फ नगएको देखिएको छ भने कार्यालय ले आव २०८१/०८२ मा जम्माजम्मी २ करोड २१ लाख ४ हजार ४४२ रुपैयाँ मात्रै घर बहाल कर उठाएर १ करोड ९१ लाख ५९

हजार १५८ रुपैयाँ गुमाएको छ | यसै बिषयमा हामीले राजश्व अधिकारी पुष्पलता घर्तीको कार्यकक्षमा पुगेर तपाई लाई अ-सक्षम कर अधिकृत भन्न मिल्छ की मिल्दैन भनी प्रश्न गर्दा त्यसो भन्दा पनी हामीले आन्तरिक कर कसरी धेरै उठाउन सकिन्छ भनेर मापदण्ड बनाई सकेका छौ अब यस्तो हुँदैन भन्ने जवाफ फर्काईन |

प्रतिक्रिया