राप्ती पहिचानले फेरी हात फैलाएर उपचार खर्च सहयोगको अपिल गरेको छ

तुलसीपुर ३ मङ्सिर २०८२ | दाङको तुलसीपुर बाट संचालनमा रहेको www.raptipahichan.com नामक अनलाईन संचारगृहले उपचार खर्च सहयोगको अपिल गरेको छ | संचारगृहका प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगर को श्रीमती तथा संचारगृहका सामाजिक कार्य सेवा शाखा प्रमुख नन्दकला बुढा मगर को उपचार खर्च जुटाउन सहयोगको

अपिल गरिएको हो | नन्दकला बुढा मगर लामो समय देखी क्यान्सर रोग बाट थलिएकी छिन | चितवनको भरतपुर स्थित वि पी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा हाल उनको उपचार भई रहेको छ | झन्डै ४ वर्ष अघी बुढा लाई पाठे घरको मुखको क्यान्सर देखिए पछी उनको नियमित उपचार भई रहेको छ | बुढाको आर्थिक अवश्था कम्जोर भएको हुँदा संचारगृहले

सहयोगको अपिल गरेको हो | यस अघी सके सम्म सरकारी कार्यालय हरुबाट बिज्ञापन नलिने निती अख्तियार गरेको संचारगृहले यो आर्थिक वर्ष भने नीतिगत रुपमा बिज्ञापन दिन मिल्ने कार्यालय हरु बाट स-शुल्क बिज्ञापन लिएर उपचार खर्च

जोहो गर्ने निर्णय गरेको छ | मेरो श्रीमती तथा यस संचारगृहका सामाजिक कार्य शाखा प्रमुख नन्दकला बुढा मगर क्यान्सर रोग बाट लामो समय देखी थलिएकिले उपचार खर्च जोहो गर्न देश बिदेशमा रहनु हुने सम्पूर्ण दानबिर दाता हरु संग सहयोगको

अपिल गर्दछु राप्ती पहिचान डटकमका प्रकाशक एग्गे बहादुर बुढाले समाचार डेस्क संग कुरा गर्दै भने | सहयोग गर्न ईच्छुक दानबिर दाता हरुले यस संचारगृहको नाममा रहेको रास्ट्रीय बानिन्ज्य बैंक तुलसीपुर शाखा को खाता नम्बर ४१६०

१००२००३७३००१ मा रकम सहयोग गर्न सक्ने कुरा पनी बुढाले अपिल गरेका छन् | यस अघी यस संचारगृहले सरकारी कार्यालय बाट बिज्ञापन नलिने निर्णय गरेको भए पनी बुढाको उपचार खर्च जोहो गर्न पुन: सरकारी कार्यालय हरु लाई पनी बिज्ञापन दिन खुल्ला गरिएको कुरा बुढा ले जानकारी गराए| राप्ती पहिचानले २०८० चैत्र २ गते पनी आर्थिक सहयोगको लागी अपिल गरेको समाचार सामग्री प्रकाशन गरेको थियो |

प्रतिक्रिया