भिम बहादुर वली- राजनीतिक चिन्तक
३ कार्तिक २०८१ शनिवार
ईतिहासमा मानेको कुरा आज पनी उही नभएर नयाँ हुन्छ। वस्तूगत विकास संगै वस्तु र चेतनाको पनी विकास विज्ञान नै भयो। यो शताब्दीमा आएर आज आफैले गरेको जीवन्त कामहरू बदलिएका छन।मालेमावादको जगमा वर्गिय संघर्ष पनी विकास
भएर आज राष्ट्रियताका लागी बन्दैछ | बहुराष्ट्रिय उत्पादनको बजारिकरणका लागी संघर्ष बढदैछ र प्राकृतिक साधन श्रोतहरू कब्जा तथा दोहनका लागी विश्वनै ग्लोवलाईज भएको छ। मजदुरहरूको ग्लोवलाईजेसनले कहाॅ बढी ज्याला र सुविधा पाईन्छ |
त्यहाॅ पुग्ने होडवाजी छ तर मजदुरलाई ज्याला कमी भयो र शोषण भयो भनेर एकताबद्ध भएर संघर्ष गर्नेमा कोही छैन उसले चीत्त नबुझे छोडेरै हिडछ। यो आजको एथार्थको जगमा मालेमावादलाई पुरानै रटानमा कोटेसनहरू रटाएर सामाजिक क्रान्तीको
संभावना छैन। मजदुरले कमाई गरी बचेको पुँजीलाई उत्पादन बढाउने काममा लगाउने र समानताको लागी सबैलाई एकतावद्ध बनाएर जाने कार्यदिशाको मालेमावाद आजको आवश्यकता हो तर त्यो निती बनाएर जाने चेतनाका कम्युनिष्टहरू
नभएरै बालेन र हर्क हरूले सामाजिक विद्रोह गरेका हुन। नेपालको नभै आज संसारको घटनाले प्रभाव पारेको हुन्छ। प्राकृतिक संसाधनले संपन्न भएता पनी वैदेशिक ऋणले थिचिएको नेपालमा अवसरहरू कम छन त्यसैले विकसित देश हरूमा मजदुरी गर्नु
उनको काम हो। नेपालमा उद्योग र अन्य पेसाबाट निरास भएकालाई आशा दिनेखाले मालेमावाद चाहिएको छ नकी त्यो आदर्शको। आदर्शका कुरा गर्ने कम्युनिष्टहरू क्रमशः नेपाल अथवा संसारमै विलोपतिर किन जाॅदैछन भन्दा व्यवहार विनाको आदर्शको मुख्य कारणले नै हो यही कुरालाई मनन् हामीले गर्नु छ।
