गुमनाम दाङका गौरवका योजना,न सहज हवाई सेवा, न सहज सडक

तुलसीपुर दाङ । कहिले मुठिदान, कहिले मानोदान, कहिले टिकटको ग्यारेन्टी गर्दा पनि टरीगाउ विमानस्थल सन्चालनमा आउन सकेन । घासे रनवेलाइ कालोपत्रे बनाइयो । कालोपत्रे बनाउदानै एउटा गम्भीर समस्या उव्जाएका थिए त्यसवेलाका इन्जिनियर प्रदिप अधिकारी । उनी तात्कालिन हवाइ विभाग र अहिलेको नागरीक उड्ययन प्राधिकरणका डिजिएम हुन् ।

प्रदिप अधिकारीको एक मात्र स्वार्थ थियो, अव कहिल्यै टरीगाउ विमानस्थलको स्तरोन्नती हुन सक्ने छैन । त्यहि अनुरुप साना माउण्टेन फ्लाइटलाइ ठिक्क हुने गरी उनकै प्राविधिक नेतृत्वमा टरीगाउ विमानस्थलको घासे रनवे कालोपत्रे भएको थियो । अहिले उनै प्रदिप सर्वेसर्वा निर्णय कर्ता भएका छन् । विमानस्थलको स्तरबृद्धिको निर्णयक उनै हुन, जसले दाङको तुलसीपुरस्थीत विमानस्थललाइ कहिल्यै स्तरोन्नती हुन नसक्ने अभिव्यक्ति दिन्छन् ।

उनी यसरी ढुक्क हुनुको पछि यहांका राजनेता तथा पुर्व मुख्यमन्त्री शंकर पोख्रेल पनि जोडिएका छन् । एमाले महासचिव समेत भैसकेका वैदिक नेता टरीगाउ विमानस्थललाइ जसरी पनि ध्वस्त बनाउन चाहन्छन् । उनले धेरै पटक सामाजिक सन्जालमा पनि अभिव्यक्ति दिएका थिए, टरीगाउ विमानस्थलको स्तरोन्नती प्राविधिक रुपले असम्भव छ । उनले त्यसो भनिरहंदा राप्ती उपत्यकाको किनारामा विमानस्थल बनाउने प्रदेश गुरुयोजनामा उल्लेख थियो ।

हो पछि फेरी तुलसीपुरमा सातामा दुइ/तीन पटक हवाइ सेवा सुरु भएको छ । किनकि मौसमका कारण टुवीनअटर विहान पहाडी क्षेत्रमा उडान भर्न नसकेपछि झिनो मुनाफामा भएपनि तुलसीपुर उडान भर्दै छन् । यहांका सय भन्दा बढि हवाइ सेवा लिने यात्रुहरु भैरहवा र नेपालगन्जको विमानसेवा लिइरहंदा यसमा वेखवर न शंकर पाख्रेल थिए, नत अहिलेका मुख्यमन्त्री डिल्ली वहादुर चौधरी ।

किन नियमित हवाइ सेवा हुन सकेन? चुनावी नारा मात्रै हुन्छ हवाइसेवाको नियमितता । विस्तार हुन्छ टरीगाउ विमानस्थल । अहिलेका प्रदेश सरकारका अर्थमन्त्रीले पनि एउटा कार्यक्रममा भनेका थिए, टरीगाउ विमानस्थल प्रदेश सरकारले स्तरोन्नती गर्न मिल्ने रहेनछ । साच्चै सरकार हो भने आफ्नै प्रदेशमा एउटा हवाइ सेवा नियमित गर्न किन नसकिने? आम नागरीकहरुले यहि प्रश्न सोधिरहेका छन् ।

विसं २०११ शालमा घासे रनवे हुंदा त २६ जना यात्रु बोकेर डकौडा विमान यहां आउन सक्थ्यो । यहांबाट नेपालगन्ज र भैरहवामा ट्रान्जिट उडान थियो भने अहिले यहांको हवाइसेवामा किन यति धेरै राजनिति । जव एउटा प्रदेश राजधानीमा विमानस्थल बनाएर नियमित हवाइ सेवा सन्चालन गर्न सकिंदैन भने मुलुक संघियतामा गएको र नागरीकले सेवा पाएको कसरी अनुभुति गर्ने ।

चारलेन की एम्वुस

यता जिल्लाको अर्को गौरवको आयोजना एम्वुस जस्तै बनेको छ । लमही-घोराही-कपुरकोट चारलेन आयोजना खुम्चिएर घोराही(तुलसीपुरमा सिमित रह्यो । त्यसमा पनि कतै दुइ लेन, कतै चारलेन । तर काम भएन, राजनितिक नेतृत्वका परीवार ठेकेदार भएर । भारतको तथ्य इन्जिनियरीङ एण्ड इन्फा प्रोजेक्टले पाएको ठेक्का कमिशनको प्रलोभनमा यहिकै स्थानिय अनुप पाण्डेले लिए । काम गर्दागर्दै उनको आर्थिक र प्राविधिक सामथ्र्य समाप्त भयो । पार्टनरहरु चिढिन थाले । उनलाइ हिसाव मिलाउनै गाहा्े भो । अनि सडक स्तरोन्नतीका नाममा क्षतविक्षत पारेर छाडिदिए घोराही तुलसीपुर सडक । अहिले सिंगल लेनमा
परीणत हुंदै छ चारलेन परीयोजना ।

कम्तिमा पनि डेढ अर्व रुपैयाको आयोजना यसरी वेवारीसे हुदा यहांका सांसदहरु बोल्नु पर्दैन । किन चुनावी नारा बनाइन्छन् विमानसेवा र चारलेन । सस्तो लोकपृयताकालागी नेताले बोल्ने चारलेन र एयरपोर्टको यो हविगत भैरहंदा स्थानियबासीले ठुला पार्टिलाइ कसरी मुल्यांकन गरीरहेका होलान? एक पटक नेताहरुले पनि गम्भीर भएर सोच्नु पर्ने भएको छ ।

त्यसो त चारलेन सडक भनिएको र भत्काइएको स्थानमा साविकको सडककै आकारमा खाडल पुर्न र कालोपत्रे गर्ने गरी करीव डेढ करोड रुपैयाको बजेटमा डिभिजन सडक कार्यालयले ठेक्का लगाएर संझौता समेत भैसकेको छ । तर ठेकेदार काम गर्न आएका छैनन् । कुइरेपानी देखि गुर्जेखोला सम्म खाडल पुर्ने ठेक्का एक निर्माण व्यवसायीलाइ दिइएको थियो भने अर्को ठेक्का गुर्जेखोला देखि हात्तिखौवा सम्मको थियो । दुवै क्षेत्रमा खाडल पुर्न निर्माण व्यवसायीको उपस्थीति छैन ।

असोज मसान्त सम्म काम सक्ने गरी भएको ठेक्काको काम अवको डेढ महिनामा कसरी संभव होला? यसमा पनि राजनेताहरुको ताकेता देखिएको छैन । पुरिएलान असोज सम्म सडकका खाडल । चल्ला टरीगाउ विमानस्थल ? आम नागरीकहरुको अनुत्तरीत प्रश्न हो यो ।

प्रतिक्रिया