रमा बुढा मगर-=======
तुलसीपुर १३ बैशाख २०८०, दाङ र सल्यान का गरी २ लाख १ हजार २५२ घरधुरी समुदायका ९ लाख १४ हजार ९४५ जनाले साँझ बिहान खाने अन्नबाली,दलहन,फलफुल,सागपात,अन्य तरकारी र तेलहन बाली उत्पादन गर्न नभई नहुने रासायनिक मल वितरण गर्ने तुलसीपुर स्थित कृषी सामग्री कम्पनी लिमिटेडको खादमल संचित गर्ने गोदामघर ढल्ने अवश्थामा पुगेको छ |शासन ब्यबश्था फेर्ने हरुले अवश्था फेर्न नसकेको एउटा ज्वलन्त उदाहरण झल्किने यो खादमल राख्ने गोदामघर तत्कालिन राजा श्री ५
बिरेन्द्र बिर बिक्रम शाहदेवको शासनकालमा २०२९ साल मा निर्माण सुरु भएर २०३० सालमा निर्माण सम्पन्न भई संचालनमा आएको कुरा जानकार हरु बताउछन | तुलसीपुर बजारको सल्यान रोडमा रहेको २५ हात चौडा ६८ हात लामो १२ हात जती अग्लो गोदामघरको क्षमता ५०० मेट्रिक टन १० हजार बोरा रहेको छ | उक्त गोदामघर लाइ २०७२ सालमा पूर्वी नेपालमा ज्यानी नोक्सान पुर्र्याएको महाभूकम्पले हल्लाउदा गोदामघरको गाह्रो हरुमा ठाउँ ठाउँमा धाँजा फाटेका छन् |गोदामघरको दक्षिण
तर्फको गाह्रो धाँजा फाटेर भित्र बाट बाहिरको दृश्य समेत देखिने गरेको छ भने गोदामघरको सबै बान्ना हरुमा चिरा परी सकेका छन् | त्यो बान्ना फाटेर त्यहाँ बाट उज्यालो भित्र आउछ ७० वर्षीय पल्लीदार अम्मरभोग आले ले राप्ति पहिचान संग भने | म २०३१ साल देखी यहीं पल्लीदारी गरी रहेको छु म संग संगै पल्लीदारी गर्ने ५ जना मरी सके म जिउदै छु,२०३१ साल सम्म त् खाद्यको गोदाम पनी यै हो, यता दक्षिण तिर चामल र उत्तर तिर खादमल राख्थ्यौं बिरेन्द्र सरकारले यो गोदाम बनाइदिनु भएको
हो आले ले अगाडी भने | चुनसुर्कीको घोलाको सहयोगमा पक्की ईटाको गाह्रो चिनाएर निर्माण गरिएको गोदामघर बनेको ५१ वर्ष पुग्दै गर्दा ढल्ने अवश्थामा पुगेको भए पनी ब्यबश्था फेरे मात्रै अवश्था फेरिन्छ भन्दै किसानलाइ उचालेर किसानकै आडमा बिभिन्न कालखण्डमा स्थापित भएका पार्टी र ति पार्टीका नेता हरुले किसानको खेतबारीमा अन्न उब्जाउन अत्यावश्यक मलखाद संचित र वितरण गर्न पक्की संरचना सहितको गोदामघर बनाउने तर्फ नसोचेको पाइएको छ |इटालाइ पिसेर धुलो पारी चुन
मिसाएर बनाएको घोला लाइ चुनसुर्की भनिन्छ त्यसको बैज्ञानिक सुरक्षित प्रभाव कती हो त्यो भन्न सकिन्न, तर हाल प्रविधीले भित्र्याएको सिमेन्टको सुरक्षित प्रभाव ५० वर्ष हो भने चुनसुर्की सिमेन्ट भन्दा निक्कै कमजोर हो कृषी सामग्रीको गोदामघरको गाह्रो यदी चुनसुर्की घोला बाट चिनाइएको हो भने यसको सुरक्षित प्रभाव वर्षौं पहिले समाप्त भई सकेको छ अब यसलाई सानोतिनो भूकम्पको झड्काले पनी तहसनहस पार्न सक्छ त्यसैले राज्य र राज्य संचालन स्तरमा पुगेका जिम्मेवार मान्छे हरुले यो
गोदामघरको तत्काल विकल्प खोज्नु उचित हुन्छ एक जना सिभिल इन्जिनियर पवन योगीले राप्ति पहिचान लाइ बताए | मैले त्यो गोदामघरको सम्पूर्ण संरचना हेरेको छु जती बेला पनी ढल्न सक्छ गोदामघरको धाँजा फाटेको गाह्रो त् तपाई हरुले पनी देखी रहनु भएको छ यो अब कत्ती पनी सुरक्षित छैन योगी ले अगाडी भने |राजधानीको कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको कृषी सामग्री कम्पनी लिमिटेडको दाङ शाखा स्थापना गर्न २०२८ साल तिर हाम्रा बुवा देबि प्रसाद गिरीले थोरै मुआब्जा लिएर
तुलसीपुर शाखा लाइ जग्गा उपलब्ध गराउनु भएको हो नेपाली कांग्रसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले हामी संग बताए | उनका अनुसार हाल कृषी सामग्रीको गोदाम रहेको जग्गामा ३ वटा कित्ता छन् ३ वटा कित्ता गरी ६ गट्ठा ६ धुर जग्गा बुवाले कृषी सामग्री को कार्यालय लाइ पास गरेर दिनु भएको हो गिरीले अगाडी भने | उनका अनुसार पहिला गोदामघरको बाहिरी भागमा समेत चुनसुर्कीको लेप लगाएर पोतिएकोमा वर्षायाममा बान्नो रसाएर पानीले खादमल पग्लेर नोक्सान हुन् थाले पछी गोदामघरको चारै
तिर सिमेन्टले प्लास्टर गरिएको हो उनले भने | यही बिषयमा तपाईकै घर अगाडी रहेको तपाईले साँझ बिहान खाने खाद्यान्न उत्पादन गर्न अत्यावश्यक पदार्थ खादमल वितरण र संचित गर्ने गोदामघर ढल्ने अवश्थामा पुगी सक्यो तपाई हरु के काम गर्दै हुनुहुन्छ भन्ने प्रश्न बनाएर दाङ क्षेत्र नम्बर ३ का सांसद दिपक गिरीलाई फोन गर्दा त्यता तिर त् खासै ध्यान गएको थिएन तर आज बाट ध्यान केन्द्रित भयो र काम पनी हुन्छ गिरीले राप्ति पहिचान लाइ बताए | अरु धेरै कुरा गर्नु छैन त्यो गोदामघर नयाँ
बनाउने गरी काम सुरु हुन्छ उनले अगाडी भने | राजशाही शासनले नेपाली जनतालाई हक-अधिकार दिएन भन्दै नेपाली जनतालाई उचालेर राजाको शासन त् अन्त्य गरे तर राजाले त्यो ढुंगे युग जस्तै युगमा जनताका लागी निर्माण र स्थापना गरेका संरचना मर्मत सम्भार गरेर जनतालाई सेवा दिने तर्फ समेत कल्पना नगरिएको कुरा यो गोदामघरको दुरदसाले देखाई रहेको छ | यता यही बिषयमा कृषी सामग्री कम्पनी लिमिटेडका तुलसीपुर शाखा प्रमुखमा तिर्थराज न्यौपाने लाई भेटेर गोदामघरको यस्तो
अवश्था होओंजेल सम्म यसको जानकारी सम्बन्धित निकायलाई किन नगराको भनी प्रश्न सोध्दा आफु तल्लो तहको कर्मचारी भएको तर पनी यो बारेमा केन्द्रमा जानकारी गराई सकेको कुरा बताए | मैले जानकारी गराए पछी केन्द्र बाट प्राविधिकको टोली आएर निरीक्षण गरेर भर्खरै फर्केको छ यसलाई मर्मत गरेर संचालनमा ल्याउने गरी तयारी भएको छ न्यौपाने ले अगाडी भने |
कार्यालय प्रमुखले मर्मत गरेर संचालनमा ल्याउने तयारी भएको भनी रहंदा गोदामघरको वर्तमानको अवश्था हेर्दा त्यो गोदामघर मर्मत गरेर नहुने र मर्मत गरेर संचालनमा ल्याए पमी त्यो सुरक्षित नहुने कुरा आँखे दृष्टीले समेत छर्लंग देखाई रहेको छ |