म नेपाल मगर संघ तुलसीपुर को सहयोगी हुँ-डिल्ली चौधरी

raptipahichan two बिशेष रिपोर्टर

तुलसीपुर १९ कार्त्तिक २०७९,,नेपालि कांग्रेस का नेता तथा दाङ निर्वाचन क्षेत्र नम्वर ३ क का गठवन्धन तर्फाका साझा उमेदवार डिल्ली बहादुर चौधरी ले आफु नेपाल मगर संघ को सहयोगी भएको कुरा बताएका छन् | नेपाल मगर संघ तुलसीपुर नगर इकाई समितिले तुलसीपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन्! नेपाल मगर संघ तुलसीपुर नगर समितिले आज कार्त्तिक १९ गते लुम्बिनी प्रदेशका पुर्व राज्यमन्त्री चौधरी संग भेटघाट तथा चौधरी लाइ सम्मान कार्यक्रम आयोजना गरेको

थियो!भेटघाट तथा सम्मान कार्यक्रमका प्रमुख अतिथी चौधरी ले मलाइ सम्मान गर्नु पर्छ भनेर आफु यहाँ नआएको बरु आफु नेपाल मगर संघ लाइ आफ्नो तर्फ बाट सम्मान गर्न यहाँ आएको कुरा बताए !म भाग्यमानी रहिछु मैले नेपाल मगर संघमा आवद्द मगर दाजु भाई दिदि बहिनी आमा बुवा हरुलाई यहाँ आएर सम्मान गर्न पाएँ उनले अगाडी भने!उनले आफु यती बेला २०७९ मङ्सिर ४ गते हुन् गइ रहेको संघ र प्रदेशको निर्वाचनमा गठवन्धन दल बाट दाङ क्षेत्र नम्वर ३ क मा नेपाली कांग्रेसको तर्फ

बाट साझा उमेदवारको रुपमा चुनावी मैदानमा रहेकाले आफुलाई रुख चिन्हमा स्वस्तिक छाप लगाई सहयोग गरी दिन नेपाल मगर संघ तुलसीपुर नगर इकाई समिति लाइ अनुरोध गरे! नेपाल मगर संघ तुलसीपुरका अध्यक्ष हरी चन्द्र बुढाले तुलसीपुर ५ मा रहेको मगर संघ गुम्बा निर्माण कार्यमा चौधरीको ठुलो योगदान रहेको कुरा बताए !हामी ले धेरै नेता हरु संग गुम्बा निर्माणका लागी बजेट दिन हारगुहार लगायौं तर कसैले पत्त्याएनन् अन्तमा डिल्ली चौधरी लाइ अनुरोध गर्दा उनले ५० लाख रुपैयाँ बजेट

ब्यबश्था गरी दिए पछी मात्र गुम्बा को चैत्य निर्माण गर्न सफल भयौं बुढा ले राप्तिपहिचान संग को कुराकानी मा भने! कार्यक्रम मा नेपाल मगर संघ तुलसीपुर नगर इकाई समितिका पुर्व अध्यक्ष बिर बहादुर बुढा मगर एग्गे बहादुर बुढा मगर सल्लाहकार हरु मनी बुढा मगर बलभद्र कुसारी मगर लगायत मगर समुदायको उपश्थिति रहेको थियो!

प्रतिक्रिया