लमही घोराही सडक खण्डमा पत्रकार सवार गाडी दुर्घटना ६ जना घाईते।

दाङ ८, असोज। घोराही लमही सडक खण्ड अन्तरगत कुलमोड देखि करीब दुई किलोमिटर  अगाडी सल्यानका पत्रकार सवार स्कारपियो गाडी दुर्घटना परेको छ। बा ११ च ९५१३ नंबरको स्कारपियो गाडी लमही नगरपालिका वडा नं ६ अन्तरगत कुलमोर देखि पाँच सय मिटर उत्तर तर्फ सिता भरार भन्ने स्थानमा सडक भन्दा करिब पचाँस मिटर तल खसेको छ।

दुर्घटनामा सल्यानका रेडियो मध्यपहाड एफ.एमका स्टेसन म्यानेजर  बागचौर नगरपालिका वडा नं २ का बिरेन्द डिसी, सोही रेडियोमा कार्यरत बागचौर नगरपालिका कै तुला राम परियार, त्यस्तै लेकाली अनलाईनमा कार्यरत खगेन्द्र केसी, खगेन्द्रका बहिनी  १५ बर्षिया नोखि केसी, तुल्सिपुर उपमहानगर पालिका वडा नं ५ का प्रकाश वली, सल्यान छत्रेश्वरी गाउपालिका वडा नं ३ का गाडी चालक सन्तोष बुढाथोकी रहेका छन्। घाईते मध्य दुई जनाको लमही स्थित फ्लोरेन्स अस्पताल र ४ जनाको लमही अस्पतालमा उपचार भैरहेको छ। गाडि कपिलबस्तु बाट सल्यान फर्किने क्रममा दुर्घटना भयको हो। घाईते पत्रकार खगेन्द्र केसीका अनुसार आफुहरु सवार गाडीको गति अत्याधिक तिब्र भयकाले घुम्तिमा बिपरित दिशा बाट मोटर साईकिल आईरहेको र मोटर साईकिल बचाउने क्रममा ड्राईभरले नियन्त्रन गुमाउदा गाडी खोलामा खसेको हो।

प्रतिक्रिया