नेकपा परित्याग गरि कांग्रेस प्रवेश गरेको गलत सूचना प्रति, नेपाल कम्युनिष्ट को गम्भीर ध्यानाकर्षण

१८ साउन ,कोहलपुर बाँके।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का केहि युवाहरुले पार्टी  परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको बिषय बारे विभिन्न सामाजिक संजाल र मिडियामा आएका समाचार प्रति नेपाल कम्युनिष्ट को गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति मा उल्लेख गरिएको छ।

नेपाली कांग्रेस मा प्रवेश गरेको भनिएका जनक बि. सी सहित अन्य ६५ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) र यसका पुर्व वत पार्टीहरु,पुर्व माओवादी केन्द्र र पुर्व एमाले र यसको कुनै संगठन को साधारण सदस्य समेत नरहेको व्यक्तिलाई नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेको भनि गलत सूचना प्रचार /प्रसार गरिएको बताइएको छ।

उक्त झुटो समाचार,  पार्टी, र आम जनसमुदाय प्रति कुनै भ्रम नपरोस भन्ने  अपिल  गर्दै   नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) कोहलपुर नगरपालिका वडा न. ५ ले सो बिज्ञप्ति सार्वजनिक गरेको छ।

No description available.
प्रतिक्रिया