१ – सुगौली सन्धिपछि ब्रिटिस सरकारले सन् १८१६ देखि १८५६ सम्म प्रकाशित गरेका विभिन्न नक्साहरूमा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्र नेपालकै भूभागका रूपमा उल्लेख गरिएको पाइन्छ
२ – चिनियाँ सरकारले सन् १९०३ र १९२१ मा प्रकाशित गरेका नक्साहरूमा समेत नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दु लिम्पियाधुरा रहेको देखाइएको छ।
राष्ट्रको निर्माण कुनै आकस्मिक प्रक्रिया होइन। देशका वीर सपुतहरूले दीर्घ संघर्ष, त्याग र बलिदानमार्फत राष्ट्रको भौगोलिक अस्तित्व सुरक्षित गरेका हुन्छन्। देश भन्नाले निश्चित भौगोलिक सीमाभित्र रहेको भूभाग, त्यहाँका जनता, संस्कृति, इतिहास तथा सार्वभौमसत्ताको समष्टिलाई बुझिन्छ। राष्ट्रको अस्तित्व केवल भूगोलमा सीमित हुँदैन, यो इतिहास, संस्कृति, सार्वभौमिकता र नागरिकको राष्ट्रिय चेतनासँग पनि जोडिएको हुन्छ। नेपाल विश्वका प्राचीन स्वतन्त्र राष्ट्रहरूमध्ये एक हो, नेपालले कहिल्यै औपनिवेशिक शासन भोग्नुपरेन। यही विशेषताले नेपालीहरूको राष्ट्रिय स्वाभिमानलाई बलियो बनाएको छ ।

पृथ्वीनारायण शाहपछि राज्यलक्ष्मी देवी शाह र बहादुर शाहको नेतृत्वमा एकीकरण अभियान अझ विस्तार भयो। त्यस क्रममा नेपालको सीमा पूर्वमा सिकिम राज्यको टिस्टा नदीदेखि पश्चिममा भारतको सतलज–काँगडा क्षेत्रसम्म फैलिएको थियो। उत्तरमा तिब्बत र दक्षिणमा गोरखपुर, बनारस तथा लखनऊसम्म नेपालको प्रभाव र नियन्त्रण पुगेको थियो।
नेपालको एकीकरणको समयमा भारत विभिन्न साना राज्य र रजौटामा विभाजित थियो। त्यसै बेला ब्रिटिस ईस्ट इन्डिया कम्पनीले भारतका ती राज्यहरूलाई आफ्नो अधीनमा ल्याउँदै विस्तारवादी नीति अवलम्बन गरिरहेको थियो। नेपालसँग विभिन्न विषयमा विवाद र संघर्ष हुँदै गएपछि अन्ततः नेपाल–अंग्रेज युद्ध भयो। युद्धका क्रममा नेपालले ठूलो भूभाग गुमाउनुप¥यो।
नेपालको इतिहास अनेकौं स–साना राज्यमा विभाजित रहेको भूभागलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरिएको हो । गोरखाका राजा पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरण अभियानको नेतृत्व गर्दै बाइसे–चौबिसे राज्यहरूलाई एकीकृत गरे। विक्रम संवत् १८२५ मा काठमाडौं उपत्यका विजय गरेपछि संवत् १८२६ मंसिर १ गते कान्तिपुरलाई राजधानी घोषणा गर्दै राष्ट्रको नाम ‘नेपाल’ कायम गरिएको इतिहासमा उल्लेख छ। उनले गोरखा राज्यलाई विस्तार गर्नेभन्दा पनि विविध जाति, भाषा र संस्कृतिलाई एउटै राष्ट्रको सूत्रमा बाँध्ने लक्ष्य राखेको देखिन्छ ।
तर समयक्रममा सत्ता संघर्ष, आन्तरिक कलह र बाह्य दबाबका कारण नेपालको विशाल भूभाग क्रमशः खुम्चिँदै गयो। आज नेपाल पूर्वमा मेची र पश्चिममा महाकाली नदीसम्म सीमित भई करिब १,४७,१८१ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ। यस भौगोलिक अखण्डताको रक्षा गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व हो।
विश्वका सबैभन्दा पुराना स्वतन्त्र राष्ट्रहरूमध्ये नेपाल पनि एक हो। स्थापना कालदेखि आजसम्म नेपाल कुनै विदेशी शक्तिको उपनिवेश बन्नुपरेको छैन। यही ऐतिहासिक विशेषताले नेपालीहरूको राष्ट्रिय स्वाभिमानलाई बलियो बनाएको छ।
नेपालको एकीकरणको समयमा भारत विभिन्न साना राज्य र रजौटामा विभाजित थियो। त्यसै बेला ब्रिटिस ईस्ट इन्डिया कम्पनीले भारतका ती राज्यहरूलाई आफ्नो अधीनमा ल्याउँदै विस्तारवादी नीति अवलम्बन गरिरहेको थियो। नेपालसँग विभिन्न विषयमा विवाद र संघर्ष हुँदै गएपछि अन्ततः नेपाल–अंग्रेज युद्ध भयो। युद्धका क्रममा नेपालले ठूलो भूभाग गुमाउनुप¥यो।
युद्धपश्चात् सन् १८१६ मा मकवानपुरको सुगौलीमा नेपाल र ब्रिटिस ईस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धि सम्पन्न भयो। यो सन्धि नेपालको इतिहासमा अत्यन्त उलझन मानिन्छ, किनभने यसै सन्धिले नेपाल–ईष्ट ईण्डिया बिच सीमाको आधार तय गरेको थियो। त्यसपछि सन्धिअनुसार नेपालको पश्चिमी सीमा महाकाली नदीलाई मानिएको थियो।
ऐतिहासिक दस्तावेज, नक्सा तथा अभिलेखहरूले महाकाली नदीको वास्तविक उद्गमस्थल लिम्पियाधुरा भएको देखाउँछन्। सुगौली सन्धिपछि ब्रिटिस सरकारले सन् १८१६ देखि १८५६ सम्म प्रकाशित गरेका विभिन्न नक्साहरूमा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्र नेपालकै भूभागका रूपमा उल्लेख गरिएको पाइन्छ। चिनियाँ सरकारले सन् १९०३ र १९२१ मा प्रकाशित गरेका नक्साहरूमा समेत नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दु लिम्पियाधुरा रहेको देखाइएको छ।
त्यसैगरी कुटी, नाभी र गुन्जी क्षेत्रका बासिन्दाहरूले नेपाली नागरिकका रूपमा कर तिरेको प्रमाण, जनगणनामा सहभागिता तथा २०१५ सालको आम निर्वाचनमा मतदान गरेको अभिलेख पनि उपलब्ध छन्। यी तथ्यहरूले लिम्पियाधुरा पूर्वको भूभाग नेपालको भएको ऐतिहासिक आधार प्रस्तुत गर्छन्।
नेपाल सरकारले हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिसकेको छ। राष्ट्रियताको विषयमा सम्पूर्ण नेपाली एकमत देखिन्छन्। नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको संरक्षण सबैको साझा दायित्व हो। नेपाल र भारतबीच ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्ध अत्यन्त घनिष्ठ छ । ‘रोटी–बेटी’को सम्बन्धले परिचित यी दुई देशबीच शताब्दीयौँदेखि पारस्परिक सम्पर्क रहँदै आएको छ। वैदिक कालदेखि आधुनिक समयसम्म दुवै देशका जनताबीच पारिवारिक, सांस्कृतिक र धार्मिक सम्बन्ध कायम छ ।
यद्यपि, सीमासम्बन्धी केही विवाद र असमझदारी समय–समयमा देखिने गरेका छन्। यस्ता विषयलाई भावनात्मक रूपमा होइन, ऐतिहासिक प्रमाण, कूटनीतिक संवाद र अन्तर्राष्ट्रिय मान्यताका आधारमा समाधान गर्नु आवश्यक छ। नेपालले आफ्नो दाबीलाई तथ्य र प्रमाणका आधारमा प्रस्तुत गर्दै आएको छ भने भारतले पनि छिमेकी राष्ट्रको सार्वभौमिकताको सम्मान गर्नुपर्छ।
नेपाल र भारतबीचको मित्रता शान्ति, समानता, पारस्परिक सम्मान र सहअस्तित्वमा आधारित हुनुपर्छ। दुवै देशले संवाद र सहकार्यको माध्यमबाट साझा समस्याको समाधान खोज्न सक्ने पर्याप्त आधारहरू छन्।
विश्वका अधिकांश राष्ट्रहरूको सीमाना निर्धारण हुनुभन्दा पहिल्यै नेपाल स्वतन्त्र राष्ट्रका रूपमा स्थापित भइसकेको थियो। इतिहासमा प्राचीन भारत र चीनसँगै नेपालको उल्लेख पाइन्छ। त्यसैले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय अस्तित्वको सम्मान हुनु आवश्यक छ।
नेपालीहरूको पहिलो दायित्व राष्ट्रको स्वाधीनता, स्वतन्त्रता र सीमाको रक्षा गर्नु हो। नेपाली जनता आफ्नो भूमि, राष्ट्रियता र स्वाभिमानको संरक्षण गर्न सक्षम छन्। राष्ट्रिय एकता, ऐतिहासिक चेतना र कूटनीतिक परिपक्वतामार्फत मात्र नेपालले आफ्नो राष्ट्रिय हितलाई सुरक्षित राख्न सक्छ।
राष्ट्रियता कुनै नारामा सीमित हुँदैन; यो देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षणमा प्रकट हुन्छ।
नेपालले आफ्नो राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्दै छिमेकी राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नुपर्छ। इतिहासले दिएको विरासत, वर्तमानको यथार्थ र भविष्यको जिम्मेवारीलाई आत्मसात् गर्दै राष्ट्रियता, सीमाना र स्वाधीनताको रक्षा गर्नु आज प्रत्येक नेपालीको प्रमुख कर्तव्य हो।
