रमा बुढा मगर-======
पश्चिम दाङ ७ भदौ २०८०, दाङमा मकै बारीमा पसेका बाँदर लखेट्न गएका एक ब्यक्तीको भिर बाट खसेर मृत्यु भएको छ | मृत्यु हुनेमा दाङको बबई गाउँपालिका वडा नम्बर ४ निवासी ७९ वर्षीय सुन्दरे सुनार रहेका छन | भदौ ६ गते १० बजेको समयमा आफ्नो मकै बारीमा बाँदर लखेट्न गएका सुनारको आफ्नै बारीको डिलमा रहेको राजिखहरे खोलामा खसेर मृत्यु
भएको हो | मकै बारीमा बाँदर पसेर मकै खान थालेको थाहा पाए पछी दाजु बाँदर लखेट्न बारीमा जानु भएको रहिछ बाँदर लखेट्ने क्रममा दाजुको बारी संग सटेको राजीखहरे खोलामा खसेर मृत्यु भएछ सुनारका भाई गणेश बहादुर सुनारले राप्ती पहिचान संगको कुराकानीमा बताए |करिब १०/११ बजे तिर बाँदर लखेट्न निस्कनु भएको रहिछ पछी १२ बजे तिर
चित्तलगैरा सामुदायिक वन र दाजुको मकै बारीको बिचमा रहेको राजीखहरे खोलामा गाउँले हरुले दाजु लाई मृत अवश्थामा भेटे पछी थाहा पायौं गणेश बहादुर सुनार ले अगाडी भने | सुनारको शव राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टम पछी आफन्तको जिम्मा लगाउन लागिएको छ |
