प्युठान ३ माघ २०८१ बिहीबार, प्युठानमा एक नवजात शिशुको शव फेला परेको छ |जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर २ दरभान भन्ने ठाउँमा स्थानीयले फोहोर फाल्ने डस्टबिनमा शिशुको शव फेला परेको हो | घोप्टो परेको अवश्थामा
शिशुको शव देखे पछी स्थानीयले प्रहरी लाई खबर गरेका थिए |तकमान कुमालको घर अगाडी रहेको फोहोर फाल्ने डस्टबिनमा नवजात शिशुको शव देखे पछी हामी हरुले प्रहरीलाई खबर गरेका हौँ नेपाली कांग्रेस प्युठानका जिल्ला कार्यसमीती सदस्य
नेत्रमणी पोख्रेल ले राप्ती पहिचान लाई बताए | यता यही बिषयमा हामीले जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव के सी लाई सम्पर्क गरी जानकारी माग्दा आफु घटना स्थलमै रहेको र प्रहरी लाई अनुसन्धान गर्न सहयोग हुने
प्रक्रिया पुर्याउन लागी रहेको कुरा बताए | अहिले घटना स्थल प्रहरीको नियन्त्रणमा सुरक्षित छ नवजात शिशुको शव कसले र किन फालेको हो भन्ने बारेमा अनुसन्धान गर्न सजिलो होस् भनेर हाम्रा अनुसन्धानका सबै पाटा पंती अपनाएर मात्रै शिशुको शव उठाउने तयारी रहेको छ के सी ले राप्ती पहिचान संगको कुराकानीमा भने |
