असुरक्षित बन्दै पश्चिम दाङ, बि,ब्य,स महासंघ दाङ जिल्ला अध्यक्ष मल्ल माथी नै हातपात तथा अभद्र ब्यबहार

शान्तिनगर ५ कार्तिक २०८१ सोमवार, बिद्यालय ब्यबश्थापन समिती महासंघ दाङ जिल्लाका अध्यक्ष देवराज मल्ल माथी हातपात तथा अभद्र ब्यबहार भएको छ | गएको कार्तिक ३ गते बिद्यालय प्रांगणमा बसेर एक जना शिक्षकको विदेश बसाई को

बारेमा के गर्ने भन्ने बारे छलफल चली रहेका बेला उनी माथी हातपात तथा अभद्र ब्यबहार भएको हो | मल्ल दाङ जिल्ला बिद्यालय ब्यबश्थापन समिती महासंघको अध्यक्ष र शान्तिनगर गाउँपालिका पातेटाकुरा स्थित श्री वि पी कोईराला माद्यामिक

बिद्यालयका बिद्यालय ब्यबश्थापन समितीका अध्यक्ष समेत भएकाले सो ही बिद्यालयमा कार्यरत हाल अमेरीकामा बसोबास गर्दै आई रहेका शिक्षक बुद्दी बहादुर के सी को राजीनामाको बारेमा के गर्ने भनी शान्तीनगर ३ का वडा अध्यक्ष मिन बहादुर के सी र

वडा सदस्य भिमी नेपालीको रोहबरमा अनौपपचारिक छलफल गरी रहेका बेला हाल अमेरीकामा बसोबास गर्दै आई रहेका त्यस विद्यालयका शिक्षक बुद्दी बहादुर के सी का छोरा शिखर के सी ले मल्ल माथी हातपात गरेका हुन | म माथी बिना कारण

हातपात भयो, मैले यस बिद्यालयका शिक्षक बुद्दी बहादुर के सी राजिनामा दिएर अमेरीका गए पनी उनी स्थायी बसोबास गर्ने गरी गएकाले उनको ठाउँमा अर्का शिक्षक बिद्यालयमा ल्याउन कानुनी झन्झट सृजना भएकाले बालबालिकाको पढ्न पाउने

अधिकार र विद्यालयले प्रदान गर्नु पर्ने गुणस्तरीय शिक्षाका लागी हाल अमेरीकामा स्थायी बसोबास गर्दै आई रहेका शिक्षक बुद्दी बहादुर के सी को रिक्त दरबन्दीमा अर्का शिक्षक कसरी ल्याउने भन्ने कुरा गर्ना साथ् उनका छोरा शिखर के सी ले म माथी

एक्कासी हातपात र अभद्र ब्यबहार गरे देवराज मल्ल ले राप्ती पहिचान लाई बताए | म माथी भएको अभद्र ब्यबहार र हातपात गर्ने ब्यक्ती लाई कानुनी कारवाही गरी पाउँ भनी ईलाका ,प्रहरी कार्यालय तुलसीपुर मा जाहेरी दिएको छु मल्ल ले हामी संगको

कुराकानीमा भने | बि, व्य,स महासंघ दाङका अध्यक्ष देवराज मल्ल माथी अभद्र ब्यबहार गर्ने ब्यक्ती पक्राउ परेकी परेनन भनेर हाम्रा कार्यकारी सम्पादकले ईलाका प्रहरी कार्यालय तुलसीपुर का सुचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापा लाई

सोधनी गरीप्रश्न गर्दा मल्ल माथी हातपात र अभद्र ब्यबहार गर्ने ब्यक्ती शान्तिनगर ३ पातेटाकुरा निवासी शिखर के सी भनिने मानिस लाई प्रहरीले खोजी रहेको कुरा बताए | यता बाट चिराघाट चौकी लाई शिखर के सी कहाँ छन् खोज्नु र ईलाकामा ल्याउनु

भनिएको छसम्भवत: उनी छिट्टै पक्राउ पर्ने छन् थापाले राप्तीपहिचान लाई बताए | प्रहरीले दोषीलाई पक्राउ गर्ने कुरा गरी रहंदा पश्चिम दाङ असुरक्षित हुँदै गएको कुरा शान्तिनगर ३ केराघारीका बिर बहादुर बि क ले हामी लाई बताए | उनका

अनुसारपश्चिमदाङ सामान्य नागरिकका लागी सुरक्षित छैन अलिक साँझ पर्यो भने कुनै काम बिशेषले घर बाहिर निस्कन समेत गाह्रो भई सकेको छ बि क ले अगाडी भने |

प्रतिक्रिया