कम्प्युटर किन्दा खसी लगायत हातखाली नजाने उपहार प्राप्त गर्ने अवसर जुर्यो

दाङ तुलसीपुर १५ असोज २०८१ : दाङको तुलसीपुरमा रहेको डिजिटल कम्युप्टर एण्ड इलेक्ट्रोनिक्स पसलले चाडपर्व विशेष बम्पर उपहार कार्यक्रम ल्याएको छ । तुलसीपुरको विपी चोकमा रहेको यस पसलले दशैँ, तिहार र छठ पर्वको अवसरमा नगद १० हजार देखि खसी उपहार कार्यक्रम ल्याएको  जनाएको छ ।

आइतबार देखि शुरु भएको यो कार्यक्रम आउँदो कात्तिक २२ गतेसम्म सञ्चालन हुने समेत पसलका सञ्चालक प्रकाश श्रेष्ठले  जानकारी दिए । उनका अनुसार कुनै पनि ल्यापटप तथा कम्प्युटर खरिद गरेमा यो उपहार पाइने छ ।  मुख्य उपहार भनेका खसी रहेको भन्दै उनले हात खाली नजाने अन्य उपहार रहेको समेत बताए ।

उनका अनुसार  कुनै पनि ल्यापटप वा कम्प्युटर खरिद गर्दा एउटा कुपन दिने र त्यसमा  एक हजार, ५ हजार र १० हजार नगद रहेको छ, भने एक हजार देखि २ हजार सम्मको  पलाउ रेष्टुरेन्टमा  खाजाको व्यवस्था गरिएको छ । यस्तै एक हजारदेखि २ हजारसम्मको डिलाइट कर्नर मार्टमा सपिङ गर्ने व्यवस्था मिलाएको समेत उनले बताए । यस्तै पेनड्राइभ, किबोर्ड , माउस, स्मार्ट घडी, एयरवड लगायत उपकरणहरू पनि उपहार पाइने समेत बताए ।  यस्तै उनले अन्य सामाग्रीहरू खरिदमा पनि चाडपर्वको अवसरमा विशेष छुट दिएको बताए । 

प्रतिक्रिया