पहिरो ले घर त भत्कायो,धन्न ज्यान जोगियो

दाङ २८ भदौ २०८१।अविरल वर्षाका कारण पहिरोसँगै आएका रुखले घर च्यापिंदा दाङमा एक घर भत्किएको छ । बिहीबार राती आएको  वर्षाका कारण शान्तिनगर गाउँपालिका ३ केराघारीका झग बहादुर बिकको घर भत्किएको हो । पहिरोसँग आएका रुखले घर भत्काउँदा करिब ७ लाख बराबरको क्षति पुगेको पीडित बिकले जानकारी दिए ।

उनका अनुसार घरमा  रहेको किराना पसलको ३ लाख बराबरको सामान र घर गरी करिब ७ लाख बराबरको क्षति भएको छ । आफूहरू बिहीबार साँझ घरमा नहुँदा मानवीय क्षति नभएको समेत उनले जानकारी दिए ।  आमा बुवाले बोलाएपछि उहाँहरु बस्ने घर केराघारीको टारीमा गएको हुँदा आफूहरूको ज्यान जोगिएको उनको भनाइ छ ।  

प्रतिक्रिया