समाजवादका निम्ती चौथो औद्योगीक क्रान्तिका आधार तयार पार्ने तर्फ बहस हुन् जरुरी

(प्रथम) संविधान र ब्यवस्थामा केहि विषय थपदैमा समाजवादी भइ हाल्छ भन्ने हैन ।तर समाजवाद उन्मुख अवस्य हुन्छ ।लोकतन्त्र भनेको  समाजवादमा पुग्ने बाटो हो भने  समाजवाद उच्च स्तरको  लोकतन्त्र हो।यी दुई  दार्शनिक प्रबर्ग बिना दुनियाँ बुझ्न् र बदल्न  सकिन्न  । हिजोको जस्तो  एकल रेखात्मक दार्शनिक प्रबर्ग  हैन बरु बहु रेखात्मक दार्शनिक प्रवर्गको बाटो बाट 

चौथो औद्योगिक  क्रान्तिको नेतृत्व गर्ने पार्टी विधान बनाउ र साथै स्वतन्त्रता ,समान्ता र मानवता सहितको तिनै प्रवर्गिय गुण भएको  एकाइऔ शताब्दीको नेतृत्व गर्ने  विचारधारा  सश्लेषण गरौं । यस्मा टेकेर नयाँ ढङको समाजवादी शक्तिको नेतृत्वमा विभिन्न चरण हुन्दै पुरानो एकदलीय शास्त्रीय ढाचाको होइन प्रतिस्परर्धि र सहकार्यको ढाचाको समुन्नत समाजवादी प्रणालीमा

पुरयाउन सकिन्छ भन्ने जस्लाइ हामी  doctrine of Redical transfarmation  अर्थात ( क्रातिकारी रुपान्तरणको सिद्धान्त भन्न सकिन्छ ।( दोस्रो) त्यसको निम्ति पहिलो सर्त ,यहाँ प्रस्ताव गरिएको जस्तो  नयाँ समाजवादी  बैकल्पिक राजनीतिक शक्ति बन्नु पर्छ र त्यो  स्थिर ढंगले सत्ता संचालन गर्ने स्थानमा पुग्नुपर्छ ।त्यस्ले निश्चित अवधि सम्म इमानदारीपुर्वक संविधान कार्यन्वयन गर्दै

समाजिक – आर्थिक  स्तर र जनताको उच्च चेतना निश्चित तह सम्म उठाउनु पर्छ । (तेस्रो)उन्नत तहको  चेतना उठेका जनताको नेतृत्वमा बहुसंख्यक उत्पीडित वर्ग ,जाति लिङ्ग र  जनसमुदायको सहभागितामा बिशाल आन्दोलन उठ्नु पर्छ ।सडक ,सदन र सरकारको सयुक्त बलमा यो संविधानलाई संशोधन गरेर वा पुनलेखन गरेर अझै समृद समाजवाद उन्मुख बनाउनु पर्छ ।

(चौथो) यो चक्र पटक -पटक दोहरायर  समाजको आर्थिक – समाजिक स्तर उठाउने र संविधान र ब्यवस्थालाई  समुन्नत समाजवादमा रुपान्तरण गर्ने र आवस्यक परे   आम जनबिद्रोहको बलमा नयाँ समाजवादी व्यवस्था स्थापना गर्ने बाटो  सम्भब उपयुक्त हुन सक्छ ।(पाचौं )अर्थात हिजोको क्रान्ति वा सुधार भन्दा फरक वा विकसित सुधार  वा क्रान्तिको समायोजनसहितको

क्रान्तिकारी रुपान्तरण अर्थात  (radical transformation )को बाटोबाट  एकाइसौ शताब्दीको समाजवादी क्रान्तिको बाटो हुनसक्छ ।(छैटौं ) चौथो औद्योगिक क्रान्तिको मार्गद्वारा  नागरिक स्वतन्त्र,शुखि र खुशी हुने छ्न ।युवाहरू बिदेश पलायनको समस्याको अन्त्य हुने छ। बेरोजगार र गरिबिताको ,रोग भोग, अभावबाट नागरिक मुक्त हुने छ्न र धनी र गरिब बीचको

खाडलको अन्त्य हुने छ र श्रम होइन बस्तु र सेवा निर्यात गरि निरन्तर दुई अन्कको आर्थिक वृद्धिदर दुई दशक सम्म हासिल हुने छ।अब पहिलो औद्योगिक क्रान्ति  क्रमश दोस्रो ,तेस्रो र चौथो  औद्योगिक क्रान्ति सम्पन्न गर्ने  रणनीति अंगिकार गर्न आवस्यक छ। तीब्र वा भ्यागुतो जस्तै उफ्रेने आर्थिक बिकासको रणनीतिक बाटो लिन सक्नु पर्छ ।चौथो औद्योगिक क्रान्तिकोबाटो  गतिशील

सन्तुलनमा आधारित हुने छ,सन्सारमा भएका हरेक अस्तित्वहरु  शुक्षम र स्थुल रूपमा गतिमा हुन्छन ।गतिशील सन्तुलन भनेको अग्रगामी कार्यदिशालाई  अनुमोदन गर्ने दार्शनिक नियम हो।यस्लाइ द्वन्द्वको नयाँ नियम सरह मान्न सकिन्छ ।जस्ले यो गतिको नियमलाइअस्विकार गर्दछ कुनै खास बिन्दुमा बिना गति  टिकिरहन सकिन भन्ने मान्यता राख्दछ त्यो यथास्थितिवादी दार्शनिक

प्रवर्गको सिकार हुन पुग्दछ। र यसको ज्वलन्त उदाहरण एमाले पार्टीलाई लिन सकिन ।
(सतौ)चौथो औद्योगिक क्रान्तिको लागि  राजनीति स्थायित्व हुनु अति आवस्यक छ र प्रत्येक्ष लोकतन्त्रमा जान आवस्यक छ,प्रतिनिधि मुलुक बेलायती मोडेलको लोकत्रन्त्रबाट हैन बरु संघ र प्रदेशमा राष्ट्रपतिय वा प्रदेश प्रमुख शासकीय स्वरुप र पुर्ण 

समानुपातिक बिधायीकि वा संसद हुनु पर्दछ र सिंहगापुरको जस्तो राष्ट्रपतिको नेतृत्वमा राष्ट्रिय बिकास प्राधिकरण  बनाइ तीब्र औद्योगिककरणमा जाउ। ( क)सम्पत्तिको प्रमुख श्वोत जमिन हो र जमीनमा बैज्ञानिक भुमिसुधार छिटो भन्दा छिटो लागु गर्न हिक्मत जुटाउनु पर्दछ।अर्थात चौथो औद्योगिककरणको आधार तयार नगरी हामीलाई  सुखै छैन । (ख ) शिक्षा क्षेत्रमा आमूल

सुधार गरौं ,जसको आधार तत्व उधमशिल्ता ,नव प्रवर्द्धन ,देशलाई औद्योगिककरण गर्ने ,व्यवसायीक र प्राविधिक शिक्षामा राज्यको ठुलो धनराशि खर्च गर्न सक्नु पर्छ हालको यथास्थितिमा रहेको शिक्षामा Redical reform गर्न सक्नु  पर्छ ।( ग) कानुन र न्याय प्रणालीमा आमूल सुधार गरौं ,प्रशासन पुरानो छ ,बदलौ ,प्रक्रिया मुखी हैन छिटो परिणाम दिने  खालको बनाउन जस्ले

देशको औद्योगिक करणको प्रशासनि नेतृत्व गरोस् ।( घ) हामी र  हाम्रो देश नेपाल के हो?बुझौं र भारत र चाइना केन्द्रत भु-राजनीति जुन जटिलता  छ,यसको समाधान गर्दै केहि  वर्ष भित्र  पहिलो र तेस्रो अर्थतन्त्र  बीच हाम्रो अर्थतन्त्र अवस्थित हुदै छ यी दुई भावी आर्थिक महाशक्तिसंग पद चाप मिलाऔ र दुई समुन्द्रमा डुव्ने है बरु डुङ्गामा सहेर गर्ने आर्थिक रणनीतिको बाटो तय

गरौं ।  उत्पादनमा मुल्य शृङ्खला मिलाउ र तीब्र औद्योगिककरण तिर अगाडि बडौ।(ङ)हाम्रो संघीयताको सैद्धान्तिक  आधार तय गरौं , यो अभिश्राप होइन देशको आर्थिक बिकासको लागी वरदान सबित  हुने छ र माथि सिंहदरबार बाट हैन बरु तलबाट  माथी जाने आर्थिक बिकासको  मोडेलमा जाउ। प्रदेश र स्थानीय तहलाई औद्योगिक जोहन वनाउ।(च)हाम्रो  पचास खर्ब जति

बैंकमा भएको  पैसा कुन क्षेत्रमा गयो र तेस्ले के गर्दै छ? उत्पादन गर्दै छि कि ट्रेड गर्दै छ? यो महत्त्वपूर्ण प्रश्नको जवाफ खोजौ।बित्तीय र बैंककिङ क्षेत्रमा   redical transfarmetion मार्फत उर्जा उत्पादनमुलुक  ,ठुला पुर्वाधार र ठुला उद्योग ,मध्यम उद्योग ,साना उद्योगमा बित्तीय ब्यबस्थापनको पहुँच सजिलो पारौं ।( छ) उद्योगमा लगानी गर्नको लागि   बिदेशमा बस्ने गैर आबसिय र

स्वदेशमा बस्ने नेपालीहरुलाई प्राथमिकता दिदै बिदेशी  लगानीलाइ पनि आकर्षित गर्ने निति लिउ ।(ज)  पुर्वीया दर्शनमा आधारित budhaism ( बुद्धइजम) ताओइजम,र हिन्दुइजमका केही  सकारात्मक अवधारणाबाट पनि सिकौं र नेपालको जात ब्यवस्थामा आधारित समाज ब्यबस्थालाई बदलौ र बैज्ञानिक समाज  ब्यबस्थामा Redical transfarmation वा क्रान्तिकारी रुपान्तरणमा लैजाउ।

प्रतिक्रिया