दाङमा खुकुरी प्रहार गरी एक महिलाको हत्या

तुलसीपुर,६ असोज २०८० दाङको तुलसीपुरमा खुकुरी प्रहार गरि एक महिलाको हत्या गरिएको छ । आज दिउसो साढे २;३० बजे तिर तुलसीपुर ११ बेलटाकुराको भगवति टोलका करिव ३९ वर्षीय टेक बहादुर हमाल ले सोही ठाउँकी अन्दाजी ४३ वर्षिय रिता लामिछाने माथि खुकुरी प्रहार गर्दा लामिछानेको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक

नवराज केसीले जानकारी दिनुभयो । प्रहरीका अनुसार हमालले घरमा रहेको खुकुरीले रिताकै घर अगाडि घाटीमा प्रहार गरि हत्या गरेका थिए ।यस्तै,उनले सोही ठाउँका अन्दाजी ४५ वर्षीय बिर बहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमाल माथि खुकुरी प्रहार गरि घाईते बनाएका छन । खुकुरी प्रहारबाट बिर बहादुरको दाहिने हातमा चोट लागेको छ । दुबै जनाको राप्ति

प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अबस्था मध्यम रहेको छ । खुकुरी प्रहार गर्ने टेक बहादुरलाई घरभित्र लुकिछिपि बसेको अबस्थामा खुकुरी सहित प्रहरीले नियन्त्रणमा लिएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया