जसको केइ छैन, जसको कोइ छैन,,उसलाई तुलसीपुर बस पार्कमा निशुल्क खाना छ |

बिर बहादुर बि क- तुलसीपुर बाट -===

तुलसीपुर ६ फाल्गुण २०७९,, राता रंग का टिशर्ट लगाएका हातमा थाली डिकची खाने पानी को जार र खाना का परिकार लिएर १४/१५ जना मान्छे दाङ को तुलसिपुर स्थित बस पार्क नजिक रहेको चौतारोमा आइ पुग्छन | त्यहाँ आइ पुग्दा बित्तिकै माइक बाट बोल्न थाल्छन की आउनुस खाना खानुस,, पैसा लाग्दैन,, पैसा तिर्नु पर्दैन, निशुल्क खाना खानुस हामी तपाइँ हरु लाइ खाना

निशुल्क खाना खाँदै बालबालिका हरु |

खुवाउन का लागी यो ठाउँमा आज पनी आइ पुगेका छौं | विगत लामो समय देखी यो क्रम चली रहेको देखिन्थ्यो | शनिवार फागुन ६ गते राप्ति पहिचान डटकम को टिमले यो सामाजिक काम लाइ पछ्याउने निधो गरे अनुसार बिहान ९ बजे उक्त स्थानमा हाम्रा समाचारदाता हरु पुग्दा यो क्रम जारी थियो | यसो हेर्दा सहारा बिहिन जस्तै देखिने बुढापाका र बालबालिका

निशुल्क खाना खाँदै राप्ति पहिचान डटकम का प्रकाशक तथा दाङ समाचारदाता |

लगाएर १५ /१६ जना मानिस हरुले त्यो त्यो ठाउँमा खाना खाइ रहेका थिए | हामी त्यहाँ पुगेर खाना खाइ रहेका हरु लाइ खाना कस्तो छ? मीठो छ की छैन, खाना खाइ सके पछी पैसा माग्छन की माग्दैनन भनी सोध्दा खाना मिठो छ र पैसा तिर्नु पर्दैन भनी जवाफ फर्काए | आज को खाना हामीले पनी यहीं खानु पर्छ राप्ति पहिचान डटकम का प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे

बहादुर बुढा ले भने पछी हाम्रो टिम ले पनी त्यहीं खाना खाने निधो गर्र्यो | शिवरात्री भएकाले आज को खाना मा हलुवा पुरी र तरकारी खुवाइएको थियो | प्रति दिन ६०/७० जना लाइ यसरी नै खाना खुवाउने काम तुलसीपुर श्थित् जय शिव महाकाल क्लब ले गर्दै आइ रहेको छ | जसको केइ छैन,, जसको कोइ छैन गरिब दुखी र असहाय हरु लाइ यसरीनै दिनहुँ खाना खुवाई रहेका

छौं हाम्रा थालीमा हलुवा पुरी राख्दै शेर बहादुर घर्ती ले राप्ति पहिचान लाइ बताए | मानसिक रोगी हरु ले फोहोरमा फालिएको खाने कुरा र असहाय अशक्त हरुले मागेर खाना खाइ रहेको देखे पछी ती मानिस हरुले कम्तिमा साँझ बिहान पेट भरी खान पाउन भन्ने हेतुले हाम्रो क्लब ले यो खाना खुवाउने कामको थालनी गरेको हो घर्ती ले अगाडी भने | हामी खाना पनी आफै

पकाउछौँ खाना खुवाउन पनी आफै आउछौं आज १०९ दिन भयो यसरी नै गरिब दुखी र असहाय अशक्त हरु लाइ खाना खुवाउन हाम्रा दिन बित्ने गरेका छन् अर्का सहभागी शम्भु बुढा ले बताए | गरिब दुखी हरुको भोक र प्यास को बिरुद्द हाम्रो अभियानले बिस्तारै नागरिक को बिश्वास जित्न थालेको छ बुढा बताउछन |निशुल्क स्वस्थ खाना खुवाउने यो पुन्य काम तुलसीपुर

बजार क्षेत्रमा रहेका असहाय गरिब दुखी र अलपत्र परेका नागरिक हरु लाइ सहारा बन्न पुगेको छ | निशुल्क स्वस्थ खाना खुवाउने पुण्य काममा गोपाल सुनार शेर बहादुर घर्ती शम्भु बुढा नयन बहादुर पुन होम बहादुर वली प्रविण शाह सुभाष के सी दिपक बुढाथोकी प्रतिभा भण्डारी मिठु सुनार निरक बिस्ट सावित्रा खडका ठगेंद्र के सी र प्रदिप के सी लगायतका मानिस

सहभागी रहेका छन् | यी दयालु युवा हरुको निशुल्क खाना खुवाउने काम हुने खानेका लागी हाँसो ठट्टा जस्तै लागे पनी हुँदा खाने र गरिब दुखी तथा असहाय अशक्त मानिस हरुका लागी भोक प्यास मेटाउने र जिबन जिउन सहारा को रुप धारण गरी रहेको हामीले पाएका छौं राप्ति पहिचान डटकम का प्रकाशक तथा कार्यकारी सम्पादक ले समाचार डेस्क लाइ बताए |

प्रतिक्रिया