चितवन । चितवनमा पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप संक्रमितहरु सबै भरतपुर महानगरपालिकाका हुन् ।
कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ७ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । आइतबार राति १० बजेसम्मको भएको पनि जनाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि चितवन प्रशासनले माडी नगरपालिकाबाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी राखेको छ