२६ साउन ,कोहलपुर बाँके।
भेरी अस्पताल नेपालगन्जमा भएकाे पिसिआर परीक्षणमा थप २० जना संक्रमित भेटिएका छन् ।
संक्रमण पुष्टि हुनेमा नेपालगन्ज मेडिकल कलेजका दुई जना चिकित्सक समेत रहेका छन् । मेडिकल कलेज तथा वडा प्रहरी कार्यालय नेपालगन्जबाट उनीहरूकाे स्वाब संकलन भएकाे थियाे ।
आईतबार साँझदेखि साेमबार दिउँसो १२ बजेसम्म भएकाे पिसिआर परीक्षणमा बाँकेका १५ जनसहित २० जनामा संक्रमण पुष्टि भएकाे हाे ।
संक्रमितमा दाङका १, कैलालीका २, बर्दियाका १ र सल्यानका १ जना रहेका छन ।