विदेश पठाईदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाण्डौ ११ मंसिर २०८१ मंगलवार ।  वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ११ लाख ७० हजार रुपैयाँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ

पर्नेहरूमा धनुषाको मिथिला नगरपालिका–९ घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका–७

घर भई काठमाण्डौ महानगरपालिका–१६ बस्ने ३६ वर्षीय पदमबहादुर भुजेल र झापाको बाह्रदर्शी गाउँपालिका–३ घर भई काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४१

वर्षीय कात्र्तिकलाल राजवंशी रहेको प्रहरीले जनाएको छ ।वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै कोइरालाले एक जनाबाट एक लाख, सर्बिया पठाइदिने भन्दै भुजेलले

एक जनाबाट तीन लाख र अल्बानिया पठाइदिने भन्दै राजवंशीले एक जनाबाट सात लाख ७० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध

अनुसन्धान कार्यालयले जनाएको छ । तीनै जनालाई काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल

पठाइएको कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी िदनुभयो ।।

प्रतिक्रिया