दाङ २१ माघ २०८२ बुधवार, आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा सदस्य निर्वाचन सुरक्षाका लागी आज देखी देशभर नेपाली सेना परिचालन गरिएको छ | प्रतिनिधी सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ स्वीकृत भएपछी
गएको मङ्सिर ११ गते मन्त्रीपरिषदको सिफारिसमा रास्ट्रपती रामचन्द्र पौडेलले निर्वाचन सुरक्षार्थ नेपाली सेना परिचालनको स्विकृती प्रदान गरेका थिए | नेपाली सेना आसन्न निर्वाचनको निर्वाचन सुरक्षाका लागी देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आज
माघ २१ गते बुधवार देखी परिचालन हुने भएको छ | १६५ जना प्रतिनिधी सभा सदस्य निर्वाचित हुनका लागी देशभरी बाट ३ हजार ४ सय ६ जनाले आफ्नो उमेदवारी दर्ता गराएका छन् | एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार आसन्न प्रतिनिधी
सभा सदस्य निर्वाचन सुरक्षाका लागी नेपाल प्रहरी बाट ७७ हाजार,सशस्त्र प्रहरी बल बाट ३४ हजार ५ सय ७६ जना र निर्वाचन प्रहरी निर्वाचन सुरक्षाका लागी खटिने भएका छन | निर्वाचनमा सुरक्षार्थ खटिने नेपाली सेनाको यकिन संख्या नखुलाईए पनी
निर्वाचन सुरक्षा चुस्तदुरुस्त बनाउन निर्वाचनको दिन आउन १ महिना अघी निर्वाचन सुरक्षाका लागी नेपाली सेना ब्यारेक बाट निस्किने भएको छ | १६५ निर्वाचन क्षेत्रमा १० हजार ९ सय ६७ मतदान स्थल रहेका छन भने ती मतदान स्थल लाई
अतीसंवेदनसिल,संवेदनसिल र सामान्य मतदानस्थलको रुपमा विभाजन गरिएको छ| जस मध्य २ हजार ८४५ मतदान स्थललाई सामान्य,४ हजार ४ सय ४२ मतदान स्थललाई संवेदनसिल र ३ हजार ६ सय ८० मतदान स्थललाई अतीसंवेदनसिल मतदानस्थल सुचीमा राखेर सो ही अनुरुप निर्वाचन सुरक्षा प्रवन्ध मिलाईएको छ |
