काठमाडौं २ माघ २०८२ शुक्रवार,बिशेष महाधिवेसन आव्हान लगत्तै चर्को बिबाद र कसले नेपाली कांग्रेसको आधिकारिकता पाउला भन्ने अन्यौल र कौतुहलताले आगोको रुप धारण गरी रहेका बेला निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष
महाधिवेशनबाट निर्वाचित सभापति गगनथापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।दुवै पक्षबाट दावी भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै आधिकारिक हो र यही विवरण
आयोगमा अद्यावधिक गर्ने निर्णय आयोगले गरेको हो।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहित आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले गगनको पक्षमा र एक जनाले विपक्षमा राय दिँदा बहुमतका आधारमा निर्णय गरिएको स्रोतले
बतायो।आयोगले आधिकारिकता दिएसँगै गगन पक्षले उत्सव मनाएको छ।कार्यालय अगाडि कांग्रेस कार्यकर्ताले उत्सव मनाएका हुन्।यसअघि कांग्रेसका शेरबहादुर देउवा पक्षले नाराबाजी गरेका थिए। नेपाली काँग्रेसको विधानमा भएको ब्यबश्था अनुसार
बहुमत महाधिवेसन प्रतिनिधीको हस्ताक्षर अनुरोधमा महामन्त्रीले बिशेष महाधिवेसन बोलाउन सक्ने र त्यसरी बोलाईएको बिशेष महाधिवेसनले गरेको निर्णय लाई आधिकारिक पार्टीको निर्णय मान्ने वैधानिक ब्यबश्था नेपाली कांग्रेसको विधानमा उल्लेख
भएकाले सो ही ब्यबश्था लाई आधार बनाएर गगन थापा नेतृत्वको काँग्रेस लाई निर्वाचन आयोअगले बैधानिकता दिइएको हो |भरखरै निर्वाचन आयोगले आफ्नो निर्णय सार्वजनिक गरेको छ र गगन थापा नेतृत्वको कांग्रेसलाई नेपाली कांग्रेसको मान्यता दिएको छ हाम्रा राजधानी समाचारदाता pahichan Two ले समाचार डेस्कलाई जानकारी पठाए |
