चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आज निधन भएको छ।
दिल्लीस्थित आफ्नै अपार्टमेन्टमा आज बिहान उनकोमृत्यु भएको हो ।
प्रारम्भिक जानकारीअनुसार तामाङको मृत्यु कार्डियो अट्याकका कारण भएको बताइएको छ।
इन्डियन आइडलको उपाधिजितेर चर्चामा आएका तामाङ नेपालमा पनि अत्यन्त लोकप्रिय थिए।
उनले गाएका थुप्रै नेपाली गीतहरू दर्शक–श्रोतामाझ चर्चित छन्।
तामाङको असामयिक निधनले संगीत र चलचित्र क्षेत्रशोकमा डुबेको छ।
