तुलसीपुरलाई “सहयोगापेक्षी सडकआश्रित मानवमुक्त पालिका” घोषणा गरिँदै

दाङ ।

तुलसीपुर उपमहानगरपालिकालाई “सहयोगापेक्षी सडकआश्रित मानवमुक्त पालिका” घोषणा गर्ने विशेष कार्यक्रम भोलि २०८२ साल पौष ०६ गते (आइतबार) आयोजना हुने भएको छ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा तथा मानवसेवा आश्रमको सहकार्यमा हुन लागेको उक्त कार्यक्रम विहान ठीक ७:३० बजे तुलसीपुर उपमहानगरपालिकाको प्राङ्गणमा आयोजना गरिने छ।

मानवता, सेवा र करुणाको साझा यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै सडकआश्रित तथा सहयोगापेक्षी व्यक्तिहरूलाई सुरक्षित जीवनतर्फ अग्रसर गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ।

उक्त घोषणासँगै तुलसीपुर उपमहानगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त पालिका बन्ने दाङ जिल्लाकै ऐतिहासिक उदाहरणका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार यस ऐतिहासिक, प्रेरणादायी तथा मानवतामूलक कार्यक्रममा जनप्रतिनिधि, सामाजिक अभियन्ता, संघसंस्था, नागरिक समाज तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने विश्वास लिइएको छ।

प्रतिक्रिया