दाङ–काठमाण्डौ रुटमा यात्रा गर्ने यात्रुको स्वास्थ्य र सेवाको गुणस्तर सुनिश्चित गर्न त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि, दाङले यात्रुलाई खाना खुवाइने होटेलहरूको छट्के चेकजाँच गरेको छ।
रुटमा पर्ने करिब आधा दर्जनभन्दा बढी होटेलमा गरिएको अनुगमनमा खानाको अवस्था सन्तोषजनक रहेको प्रालिले जनाएको छ। प्रालिका अध्यक्ष सुरेश हमालको निर्देशनमा सम्पन्न उक्त छट्के चेकजाँच कल्याणकारी सह–संयोजक ज्ञान बहादुर खत्री (ज्ञानु)को नेतृत्वमा गरिएको हो।
अनुगमन टोलीमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला अध्यक्ष दिपक कुमार बुढाथोकी, दाङ–काठमाण्डौ रुट संयोजक शेवकराम डाँगी तथा प्रेस सल्लाहकार दिपसार भण्डारीको सहभागिता रहेको थियो।
होटेल छट्के चेकजाँचका क्रममा खाना खाने यात्रु, गाडी स्टाफ तथा होटेल सञ्चालक र व्यवस्थापकको प्रतिक्रिया समेत संकलन गरिएको प्रालिले जनाएको छ।
