तुलसीपुर, २२ कात्तिक २०८२ शनिवार। दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । आज ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ को अवसरमा प्रादेशिक अस्पतालमा
उपचाररत ५५ जना विरामीहरुलाई फलफुल वितरण गरिएको नेपाल रेडियोलोजिकल सोसाइटीका केन्द्रिय महासचिव प्रेम बहादुर ओलीले जानकारी दिए। उनका अनुसार आज ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’
देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोहीअन्र्तगत तुलसीपुरमा विरामीहरुलाई फलफुल वितरण गरी मनाइएको वली ले बताए । फलफुल प्राप्त गरेपछी विरामीहरुले पनि खुसी व्यक्त गरेका छन् । फुलफुल खानाले
स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्नुका साथै विभिन्न किसिमका फाइदासमेत हुने भएकाले फलफुल वितरण गरिएको हो । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ |
यस वर्ष इमेजिङ उत्कृष्टतामार्फत स्वास्थ्य सेवा सशक्तीकरण’ भन्ने मूल नाराका साथ विश्वभर १३०औँ विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस मनाइएको छ । सन् १८९५ नोभेम्बर ८ अर्थात आजकै दिन जर्मनीका वैज्ञानिक विल्हेल्म
रोईन्टजेनले रेडियोग्राफीको आविष्कार गरेका थिए। वैज्ञानिक रोईन्टजेनले गरेको विकिरण एक्स–रे को आविष्कारको सम्झनामा प्रत्येक वर्ष यो दिवस विश्वभर मनाइँदै आइएको छ | फलफुल वितरण कार्यक्रममा तुलसीपुर क्षेत्रमा कर्मथलो बनाएर सकृय
रहेका रेडियोलोजिस्ट र रेडियोतेक्नीशियन हरुको उपश्थिती रहेको थियो | राप्ती ;प्रादेशिक अस्पतालका निमित्त मे सु ड़ा. सुशील आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अस्पतालका जिन्सी शाखा प्रमुख रेश्मीराज अधिकारी पनी सहभागी भएका थिए |
