स्वाश्थ्यमन्त्रीमा गौतम नियुक्त,दाङका खत्री चर्चामै सिमित

काठमाडौं ९ कार्तिक २०८२ आईतवार | राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न दुई जना मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन।स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले

शपथ लिएका हुन्। आज ४ जना मन्त्रीको शपथ गराउने तयारी भए पनि दुई जना मन्त्रीको शपथ रोकिएको छ।गौतम पूर्वस्वास्थ्य सचिव हुन् भने गुप्ता १०० ग्रुपका अध्यक्ष हुन्।प्रधानमन्त्री सुशीला कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि मन्त्रीमा

सिफारिस गरेकी थिइन्। त्यसअघि उनको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा थियो। श्रेष्ठले भूमि मन्त्री नबन्ने बताएका थिए भने खगेन्द्र सुनार श्रम मन्त्रीमा सिफारिस भएका थिए। उनीविरूद्ध तीन अदालतमा मुद्दा रहेको तथ्य बाहिर

आएपछि शपथ रोकिएको छ।कार्की नेतृत्वको मन्त्रिपरिषद १० सदस्यीय पुगेको छ। यता मन्त्री बन्ने चर्चामा रहेका दाङका बालरोग बिशेषज्ञ डाक्टर किशोर खत्रीको नाउ चर्चामै सिमित हुन पुगेको छ | मन्त्रीपरिषद बिस्तार गर्ने कार्की नेतृत्वको

सरकारको तयारी संगै डा.खत्री स्वाश्थ्य तथा जनसंख्या मन्त्री बन्ने बिषय सामाजिक संजालमा चर्चा चलेको थियो | कतीपय जानकार हरुका अनुसार खत्रीले आफुनिकट सामाजिक संजाल प्रयोगकर्ता र केही आफु निकट संचारकर्मी मार्फत

त्यस्तो चर्चा चलाउन लगाएका थिए | खत्री मन्त्री बन्ने चर्चा सामाजिक संजालमा चली रहँदा खत्रीले संचालनमा ल्याएको दाङको तुलसीपुर स्थित तुलसी बालअस्पतालमा अत्यधिक महँगो शुल्क अशुल्ने गरेको लगायतका बारेमा नागरिक तह बाट चर्को रुपमा आलोचनाको बिषय उठेको थियो |

प्रतिक्रिया