
तुलसीपुर ८ बैशाख २०८२ शोमवार, दाङको तुलसीपुरमा एक ब्यक्ती गोलीले छाती छेंडेको अवश्थामा आफ्नै घरमा मृत फेला परेका छन् | मृत फेला पर्नेमा तुलसीपुर् उपमहानगरपालिका वडा नम्बर ७ मोतीपुर निवासी ८३ वर्षीय नारायण कुमार आचार्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता सुर्य रानाले राप्ती पहिचान लाई जानकारी दिए | घटना
साढे २ बजे तिर घटेको भन्ने बुझिए पनी उक्त घटना बारे प्रहरी लाई ४ बजे जानकारी आए पछी तत्काल घटना स्थल पुगेर घटना स्थल प्रकृती मुचुल्का खडा गरी त्यस पश्चात प्रहरीको निगरानीमा आचार्यको शव लाई राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ रानाले हामी संग को कुराकानीमा भने | नारायण कुमार आचार्य नेपाल रेडक्रस दाङका पुर्व सभापती हुन भने उनी
छातीमा गोली लागेको अवश्थामा मृत भेटिएको कोठामा १२ बोर को दुई नाली बन्दुक समेत फेला परेको छ | आचार्यले आफुले आफै लाई गोली हानी आत्महत्या गरेको जस्तो प्रकृती देखिए पनी यस बारे बिस्तृत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ |