तुलसीपुर उपमहानगरका ११ हजार बढी किशोरी हरुलाई क्यान्सर बिरुद्दको खोप लगाईने

तुलसीपुर, २० माघ २०८१ आईतवार।  दाङको तुलसीपुर उपमहानगरपालिकामा ११ हजार बढि किशोरीहरुलाई क्यान्सरबिरुद्धको खोप लगाउन लागिएको छ । तुलसीपुर उप–महानगरपालिका स्वास्थ्य शाखाले आज पत्रकार सम्मेलनको

आयोजना गरी उपमहानगरपालिका भित्रका ११ हजार ३३९ जना किशोरी हरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एच पि भी) खोप लगाइने जानकारी दिएको हो । जनस्वास्थ्य निरीक्षक बिमल के सी का अनुसार

विद्यालयमा अध्ययनरत १० हजार ३ सय ३६ जना र विद्यालय बाहिर रहेका ७ सय ३ जना गरेर जम्मा ११ हजार ३ सय ३९ जना किशोरी लाई उक्त खोप लगाउन लागिएको हो। ‘पुर्ण खोप सुनिश्चिता,हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित सुरु हुन लागेको राष्ट्रिय

खोप अभियान अन्तर्गत यो खोप लगाउन लागिएको कुरा के सी ले पत्रकार सम्मेलनमा जानकारी गराए।खोप माघको २२ गतेदेखि फागुनको ६ गते सम्म विद्यालय हरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १० वर्षदेखि

१४ वर्ष उमेर समूहका बालिका तथा किशोरी हरुलाई उक्त खोप लगाउने तयारी रहेको उनले अगाडी बताए| उपमहानगरका १ सय वटा खोप केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको र उक्त कामका लागी १ सय २२ जना स्जास्थ्यकर्मी र २ सय ३६ जना

स्वयंमसेवक परिचालन गरिने छन के सी ले फेरी भने। यो खोपले किशोरी हरुलाई पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई मद्यत पुग्ने भन्दै उनले लक्षित उमेर समुहका सबैलाई यो खोप नछुटाई लगाउन आग्रह गरे।

प्रतिक्रिया