दाङको शान्तिनगर बाट डेढलाख बडी रकम सहित १० जुवाडे पक्राउ

दाङ ५ कार्तिक २०८१ सोमवार :  दाङमा प्रहरीले  एक लाख ६४ हजार बढि  रकमसहित अवैध  रुपमा जुवा खेल्ने १० जना ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ४ का  ५३ वर्षीय देब बहादुर केसी, सोही ठाउँमा ५४

वर्षीय शालिकराम भण्डारी, ४३ वर्षीय मेघ बहादुर केसी,  ३६ वर्षीय कमल बुढाथोकी, ४८ वर्षीय कालुराम चौधरी, ३१ वर्षीय तेज घर्ती ,  ४९ वर्षीय धर्म चन्द, ५७ वर्षीय यज्ञ  बहादुर केसी, ४२ वर्षीय यज्ञराज डाँगी र कन्चनपुर बेलौरी नगरपालिका ८ बस्ने ३६

वर्षीय बिक्रम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनीहरूलाई  आइतबार राती करिब साढे १० बजेतिर शान्तिनगर ४ जुमलेकुला धर्म बहादुर चन्द को घरमा अवैध रुपमा जुवा खेली रहेको भन्ने गोप्य सूचनाको

आधारमा ई प्र का तुलसीपुरबाट गएको प्रहरी टोलीले  नियन्त्रणमा लिएको ई प्र का तुलसीपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।  उनका अनुसार  अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा एक लाख ६४ हजार ३०५ रुपैयाँ ,१ गड्डी तास सहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  

प्रतिक्रिया