सल्यान १४ जेठ २०८१, दाङ बाट सल्यान जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाईते भएका छन|ज्यान गुमाउनेमा टिप्पर चालक सल्यान छत्रेश्वरी गाउपालिका वडा नम्बर ६ का २७ वर्षिय शुकलाल घर्ती रहेको

कुरा जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ | यस्तै सो ही दुर्घटनामा परी सहचालक कुपिन्ड़े नगरपालिका वडा नम्बर ९ का २१ वर्षीय तेल बहादुर बुढाथोकी गम्भीर घाईते भएका छन् |रा१ख् १९१६ नम्बरको मिनी ट्रक दाङ बाट सल्यान जाँदै
गर्दा सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ अरिंगालेफेदी भन्ने ठाउँमा दुर्घटनामा परेको थियो | मिनी ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सह-चालक गम्भीर घाईते भएका छन जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी भवानी प्रसाद धमलाले राप्ती पहिचान लाई बताए |