लसीपुर,१६ असार । तुलसीपुरको बिजौरी स्थित बसको ठक्करबाट दुई जना घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका १० बस्ने १७ वर्षीय यादव भण्डारी र मोटरसाइकलमा सवार रोल्पा त्रिवेणी गाउँपालिका ५ बस्ने १८ वर्षीय चमन वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
आज दिउँसो पौने २ बजे ना ७ ख ३९८ न. को बसले सोही दिशाबाट आउँदै गरेको रा ६ प ५००० न. को मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइते दुबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।