असुरक्षित बन्दै पश्चिम दाङ, तुलसिपुरको ब्यस्त बजारमै दिनदहाडै एक युवक माथी खुकुरी प्रहार

दाङ, १५ कात्तिक २०८१ विहीबार। पश्चिम दाङ असुरक्षित बन्दै गई रहेको कुरा सर्वसाधारण नागरिकले महसुस गरी रहेका बेला तुलसीपुर स्थित  सल्यान रोडमा एक युवक माथी

दिनदहाडै खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट रुकुम पश्चिम चौरजहारी नगरपालिका– ११ घर भै हाल तुलसीपुर बस्दै आएका ३३ वर्षका वीर बहादुर वली गम्भीर घाईते

भएका छन। रेडियो प्रकृति एफएम नजिकै रहेको सल्यानी होटलमा चिया खाँदै गरेका वलीलाई मोटरसाइकलमा आएका ५/६ जनाको समूहले ४:४० बजे  खुकुरी प्रहार

गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिए।खुकुरी प्रहारबाट वलीको टाउको, बायाँ हात र खुट्टामा गहिरो चोट लागेको छ ।

वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा  तुलसिपुर –४ रक्षाचौर

निवासी ३३ वर्षका गोविन्द हमाल, ३२ वर्षका बसन्त खड्का, २६ वर्षका सुदन मगर लगायत व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। बाइकमा केटाहरु

माथिबाट सर्र आए,फनक्क बाइक घुमाए । सरासर होटेलमा गए । काउन्टरमा बसेको केटालाई घचाघच फिल्मी स्टाइलमा खुकुरीले हाने । भुँइमा ढल्यो  त्यसपछि पनि हाने ।

 मान्छेहरू होहल्ला गर्न थालेपछी बाइक चढेर भागे  । प्रही १० /१५ मिनेट पछि आएर मुचुल्का बनाएर गयाे ।’ प्रत्यक्ष दर्शी एक युवकले भने ।

प्रतिक्रिया